समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

कांग्रेसले गरेको सबै प्रतिबद्धता पूरा हुन्छ 

  शीतलपाटीन्युज डटकम | १३ कार्तिक २०७९, आईतवार १५:३०

इनरुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–५ मा आज लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन्।

उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष गरेको सबै प्रतिबद्धता पूरा  हुने बताए ।

तीन वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार खर्च राज्यले बेहोर्ने, ७३ वर्षभन्दा माथिका जुनसुकै बिरामी भए पनि त्यसको खर्च राज्यले गर्ने, ६५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई वृद्धभत्ता दिनेलगायत कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने भएकाले कांग्रेससहित लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गरे।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले यस क्षेत्रमा रहेका विद्यालय र मदरसालाई ‘स्मार्ट स्कुल’का रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले यसका लागि आवश्यक बजेटसमेत विनयोजन गरिसकेको जानकारी दिए। “मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु”, उनले भने ।

कोसी गाउँपालिका–५ को सिँचाइ समस्या समाधान गर्न गलफरिया सिँचाइ आयोजनाको काम अघि बढेको सो अवसरमा मन्त्री कार्कीले जानकारी दिए।

नेपालमा जलस्रोत, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेकाले यसको विकास गरेर देशलाई १० वर्षभित्र दक्षिण एशियाको धनी देश बनाउन सकिने उनको भनाइ थियो । विदेश गइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ