समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

सेयर बजारमा ५६.११ अंकले वृद्धि

  शीतलपाटीन्युज डटकम | १५ कार्तिक २०७९, मंगलवार १६:०८

काठमाडाैं- सेयर बजार म‌ंगलबार पनि उकालो लागेको छ । सोमबार १६.३९ अंकले बढेको सेयर बजार म‌ंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो।मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ ।

क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै,  १८६ कम्पनीको कारोबार भएको छ, जसमा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी  स्थिर रहेको छ ।

कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।

साथै, जीवन बिमा १७३.३८,  होटेल तथा पर्यटन ५४.७६,  बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ ।

न्यादी हाइड्रो पावरको सेयर मूल्य २६.२० र युनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ । एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढीको कारोबार भएको छ भने नविल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ