समाचार
|“बेलायती राजनीतिमा पहिलो पटक नेपाली मूलकी महिला तथा गोर्खा डेलिगेटद्वारा सम्बोधन: राजनीतिक क्षेत्रमा प्रणालीगत अवरोध र डायस्पोरा समुदायको बढ्दो प्रभावमाथि जोड।”|सोह्र अर्थात् महालय श्राद्ध एक विवेचना : आचार्यश्री माधवशरण|रांङभाङ्ग समाज यूकेद्वारा गायिका सबिना बुढा मगरको बिदाइ कार्यक्रम भब्य सम्पन्न|प्रहरीका ८ एआईजीको सरुवा, को कहाँ ? हेर्नुहोस सूची|लन्डनमा आयोजित श्रद्धाञ्जलि सभामा सैयौं सहभागी|अक्टोबर १० मा १९ औ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता हुदै|गोर्खा मिडियाले मनायो छैटौँ वार्षिकोत्सव भव्य|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान

लुटपाटमा संलग्न भारतीय नागरिक हतियारसहित पक्राउ 

  शीतलपाटीन्युज डटकम | १५ कार्तिक २०७९, मंगलवार १६:३५

भैरहवा- रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

२३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर प्लेटकाे मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको हो ।

मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पिछा गर्दै हतियार देखाई उनीहरूले लुटपाट गरेका थिए ।

भारतीय नम्बर नखुलेको मोटरसाइकलबाट पिछा गर्दै लुटपाट गरेका उनलाई रुपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेका लुटपाटमा सम्लग्न दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटकाे मोटरसाइकल र हतियार बरामद गरेकाे छ ।

भाईटीकाको दिन साँझ ६ बजे कोटहिमाई गाउँपालिका-१ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रहरीसँग पनि प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजंग कार्कीको हातको औँला फ्याक्चर भएको थियो ।

पक्राउ परेको सहानीको साथबाट सेमी अटोमेटिक पेस्तोल र सो मा लाग्ने म्यागजिन एक थान, पाँच थान गोली र भट्टको साथबाट घरेलु कटुवा पेस्तोल, सो मा लाग्ने एक थान गोलीसहित मोबाइल र कागजात बरामद भएको एसपी रेग्मीले भने ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ