समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

चुनावपछि एमाले नेतृत्वमा बन्ने सरकारले सुकुम्वासीलाई लालपुर्जा बाँड्छ: पौडेल

  शीतलपाटीन्युज डटकम | १७ कार्तिक २०७९, बिहीबार १२:४४

बुटवल- एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् ।

सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथमिकताका साथ काम गर्ने उनले बताए । एमाले नेतृत्वको अघिल्लो सरकारले एमाले बुटवल-६ को शाखा कमिटी भेलालाई

लालपुर्जा सर्वाधिक चासोको विषय हो,’ उनले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथमिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । ‘त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपुर्जा बाँड्न पाइँदैन, नयाँ कानून बनाएर मात्र काम सुरू गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’

रुपन्देही २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यहीअनुसार काम अगाडि बढाउनेसमेत बताए ।

भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टिले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ