समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

बाढी पहिरोमा बेपत्ता कर्णालीका १९ जना अझै फेला परेनन्

  शीतलपाटीन्युज डटकम | २१ कार्तिक २०७९, सोमबार १७:५६

सुर्खेत- १९ असोजदेखि एक सातासम्म कर्णालीमा परेको अविरल वर्षाले ४१ जनाको मृत्यु भयो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयका अनुसार जुम्लामा दश, कालिकोटका सात, दैलेखका एक, जाजरकोट तीन, सल्यान तीन, डोल्पामा एक, हुम्लामा आठ र मुगुमा आठ जनाको मृत्यु भएको थियो । यस्तै, १ साउनदेखि १९ असोजमा पनि आठ जनाको बाढी पहिरोमा परी मृत्यु भएको थियो ।

दसैँको समयमा बाढी पहिरोका बेपत्ता भएका १९ जना अझै भेटिएका छैनन् । बेपत्ता हुनेमा कालिकोटका मात्रै १६ जना रहेका छन् । उनीहरू मलामी गएका बेला माथिबाट खसेको पहिरोमा परि बेपत्ता हुन् ।

यस्तै, बेपत्ता हुनेमा दैलेख, डोल्पा र जुम्लामा १-१ जना छन् । बाढी पहिरोले पाँच हजार आठ सय नौ घरधुरी विस्थापित भएका छन् । कालिकोटमा सात हजार चार सय १८, मुगुमा पाँच हजार दुई सय २८ हुम्लामा तीन हजार दुई सय ८६ परिवार विस्थापित भएका छन् ।

दुई हजार दुई सय ३४ घर पूर्ण रूपमा क्षति भएका छन् भने २ हजार ६ सय ६२ घर आंशिक रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ ।  प्रदेशभर २२ वटा विद्यालयमा आंशिक रूपमा बाढी पहिरोले क्षति पुगेको छ । स्वास्थ्य संस्था, कृषि तथा पुलको  क्षतिको विवरण भने अहिलेसम्म संकलन गर्न नसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै, सो अवधिको विपद् परी दुई सय ७३ वटा चौपाया मरेका थिए ।

कर्णालीको विपद् जोखिम नक्सांकन तथा अध्ययन, अनुसन्धान सुरु नभएको गुनासो छ । विपद्सम्बन्धी कार्यक्षेत्र बमोजिम प्राविधिक जनशक्तिको अभाव, बुझाइको कमी, विपद् जोखिम न्यूनीकरणमा प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सञ्चार क्षेत्रको सहयोग सहभागिता कम रहेको आरोप छ ।

प्रदेश प्रहरी प्रमुख पोषराज पोखरेलले स्थानीय सरकारले विपद्को बेलामा उद्धारका लागि डोजर समेत नदिएको तीतो अनुभव सुनाए । उनले भने, ‘तीन तहका सरकारको भूमिका के हो ? अझै बुझ्न सकिएको छैन । एक लाख घर भत्कँदा पनि केही गर्न नसकिने अवस्था छ ।’ उनले विपद् जोखिमलाई न्यूनीकरणका लागि बाटो, बिजुली  र सञ्चारको विकास अनिवार्य रहेको बताए ।

पूर्व सूचना प्रणालीलाई व्यवस्थित र विस्तार गरेर सर्वसाधारणको पहुँचमा ल्याउन जरुरी रहेको उनले बताए । कालिकोट, दैलेख, सल्यान र जाजरकोटमा ९६ जना प्राथमिक उपचार खोज तथा उद्धार गर्ने तालिमप्राप्त जनशक्ति तयार भइसकेको छ भने अन्य जिल्लामा पनि सोही अनुसारको व्यवस्थापन गर्नुपर्ने छ ।

यस्तै, प्रदेश सरकारले पूर्ण रूपमा क्षति भएका सात सय ६५  पीडित घरपरिवारलाई स्थानीय तहमार्फत रकम पठाइसकेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ