समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

टीकापुरमा दोहोरिएका छैनन् उही अनुहार, यसपटक के होला ? 

  शीतलपाटीन्युज डटकम | २३ कार्तिक २०७९, बुधबार १५:०७

टीकापुर- टीकापुरमा अहिलेसम्म एउटै पदमा दोहोरिएर उम्मेदवारले जितेका छैनन् । कैलाली क्षेत्र नं. १, प्रदेश ‘ख’ र टीकापुर नगरपालिकामा अहिलेसम्म कुनै पनि नेताहरू उम्मेदवार बन्दा दोहोरिएर नजितेको इतिहास छ ।

 

टीकापुरका जनताले एक पटक जिताएका नेतालाई हेर्ने र उक्त जितेका जनप्रतिनिधिले राम्रोसँग काम नगरेपछि दोस्रो पटक जनप्रतिनिधि बन्नबाट रोक्ने गरेका छन् ।

संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट २०४८ सालमा नेपाली कांग्रेसका गंगावहादुर कुँवर, २०५१ सालमा नेकपा (एमाले)बाट हिमाञ्चलराज भट्टराई, २०५६ सालमा सुशीला स्वाँर, २०६४ सालमा नेकपा (माओवादी)की रुपा चौधरी, २०७० साल मधेसी जनअधिकार फोरमका जनक चौधरी र २०७४ सालमा मधेसी जनअधिकार फोरमकै रेशम चौधरी विजय भएका थिए ।

जितेका सांसद टीकापुर निर्वाचन क्षेत्र नं. १ बाट कहिल्यै दोहोरिएका छैनन् । यस्तै टीकापुर नगरपालिकामा २०५४ सालमा रत्नप्रसाद सञ्जाल र २०७४ सालमा तपेन्द्र रावल मेयरमा निर्वाचित भएका थिए ।

यस्तै २०७९ सालका निर्वाचनमा टीकापुरमा नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारु निर्वाचित भएका छन् । यस्तै २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नं. १ को प्रदेश ख मा रणवहादुर रावल निर्वाचन भएका थिए ।

टीकापुरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई दोहोरिएर कहिल्यै जितेको इतिहास छैन । यसपटक पनि टीकापुरका मतदाताले दोहोर्‍याएर होइन नयाँ योग्य, क्षमतावान् र युवा नेताको खोजीमा छन् ।

कैलाली क्षेत्र नं. १ मा नेकपा (एमाले)बाट तपेन्द्र रावल, नेपाली कांग्रेसबाट रामजनम चौधरी र नागरिका उन्मुक्ति पार्टीबाट श्रेष्ठ रन्जिता चौधरी उम्मेदवार बनेका छन् ।

रावल टीकापुर नगरपालिकाका पूर्व मेयर हुन् भने रामजनम चौधरी कैलाली क्षेत्र नंं २ वाट २०४८ सालबाट लगातार पाँच पटक निर्वाचन जित्दै आएका हुन् ।

चौधरी २०७४ सालमा नेकपा (माओवादी केन्द्र) गौरीशंकर चौधरीसँग पराजित भएका थिए । यस्तै नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेकी श्रेष्ठ रन्जिता रेशम चौधरीकी श्रीमती हुन् ।

यस्तै प्रदेश ख बाट एमालेबाट द्वारिकाप्रसाद न्यौपाने, कांग्रेसका रणबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण चौधरी उम्मेदवार बनेका छन् । टीकापुर क्षेत्रमा मतदाताले निर्वाचनमा घोषणा गरेअनुसार काम नगरेको भन्दै प्रत्येक निर्वाचनमा जनप्रतिनिधिलाई फेर्ने गरेका छन् ।

अहिले पनि टीकापुरका जनताले पक्कै पनि पहिले जितेका उम्मेदवार भन्दा नयाँ, योग्य र युवालाई खोजिरहेका छन् । संघमा निर्वाचनमा तीन जना नयाँ हुन् । यस्तै प्रदेशमा रावल बाहेक न्यौपाने र चौधरी नयाँ उम्मेदवार हुन् ।

प्रदेश ‘ख’ मा एमालेबाट उम्मेदवार बनेका द्वारिकाप्रसाद न्यौपाने टीकापुर बनाउने नयाँ भिजनका साथ चुनावी मैदानमा रहेकोले सबैको आशाका केन्द्र बनेका छन् ।

कर्णाली करिडोर, सत्तिस्थित पद्म प्रकाशेश्वर मन्दिरलाई कैलाश मानसरोवरमा जानुभन्दा अगाडि पूजा गरेर मात्र जानुपर्ने धार्मिक मान्यतालाई स्थापित गर्न, खेलकुद राजधानी, कृषक बैंक जस्ता योजना ल्याएका छन्।

उनले टीकापुरलाई क्यापिटल सिटी बनाउने छुट्टै योजना सार्वजनिक गरेका छन् ।

कर्णाली करिडोर 
कर्णालीका आएको बाढीले सयौँ बिघा खेतको बाली नष्ट हुनको साथै बर्सेनि हजारौँ मानिसहरू डुबानले गर्दा विस्थापित हुने गरेका छन् । डुबानबाट बचाउन र बालीनाली नष्ट हुन नदिन उनले कर्णाली करिडोरको अवधारणा चुनावमा ल्याएका हुन् ।

कर्णाली चिसापानीदेखि सत्ति चौगुर्दीसम्मको ३८ किलोमिटर क्षेत्रलाई वैज्ञानिक तटबन्धन गर्नुपर्ने जनताको मागलाई न्यौपानेले आफ्नो चुनावी एजेन्डा बनाएका छन् । त्यस्तै करिडोरबाट जलमार्ग पर्यटनको रुपमा प्रवर्द्धन गरी रोजगार सिर्जना गर्ने उनी बताउँछन्।

पद्म प्रकाशेश्वर मन्दिरलाई मानसरोवरको पहिलो विन्दु 
सतीमा रहेको पद्म प्रकाशेश्वर महादेवको मन्दिरमा भारत महाद्धिपबाट ८८ हजार ऋषिमुनि कैलाशयात्र गर्ने क्रममा कैलाशबाट बगेर आएको कर्णाली नदी तटीय क्षेत्रमा परशुरामले यही मन्दिरमा वरिपरि ठूलो यज्ञ गरेका थिए ।

त्यसपछि भारतबाट आउने कैलाशयात्री यही मन्दिरमा पहिले पूजा गर्दथे । न्यौपानेले यही मन्दिरमा रहेको शिवलिंग धामलाई कैलाशको प्रवेशद्वारको रूपमा विकास गर्ने योजना पनि अघि सारेका छन् ।

खेलकुदको राजधानी टीकापुर 
प्रदेश ‘ख’का उम्मेदवार न्यौपानेले टीकापुर क्षेत्रलाई खेलकुदको राजधानी बनाउने योजना अगाडि सारेका छन् ।
टीकापुर क्षेत्रका नौ वटै वडामा नौ प्रकारका खेलकुद मैदान बनाउने योजना रहेको उनले सुनाए । फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, लगायतका खेल मैदान बनाउने उनको योजना रहेको छ ।

कृषिमा आधुनिकीकरण 
न्यौपानेले कृषकले उत्पादन गरेका उपजलाई बजारीकरण गर्ने प्रतिबद्धता गरेका छन् । उनले कृषकले उत्पादन गरेका धान, गहुँ, तरकारी र फलफूल बजारिकरण गर्ने प्रतिबद्धता गरेका छन् ।

किसानले उत्पादन गरेका बालीनाली बजारीकरण नहुँदा बिचौलियाले फाइदा उठाइरहेका छन् । प्रदेश सरकारले आफैँ ती किसानले उत्पादन गरेका तरकारी र फलफूल किनिदिने हो भने किसानलाई फाइदा हुने र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ