समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

विश्वको सबैभन्दा सानो टिभी सेट !

  शीतलपाटीन्युज डटकम | २३ कार्तिक २०७९, बुधबार २२:०८

काठमाडौं– निकै सानो विद्युतीय उपकरण बनाउन माहिर टाइनीसर्किट्स कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट सार्वजनिक गरेको छ ।

ओपन सोर्स हार्डवेयर यो कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट – द टाइनीटीभी टु र टाइजीटीभी मिनी बनाएको छ । पुरानो ढाँचाको जस्तो देखिने यो टिभी कुनै स्ट्याम्पजस्तो देखिएता पनि यसले अन्य साधारण टिभीले झैँ काम गर्छ । यसमा च्यानल फेर्न सकिन्छ, आवाज ठूलो–सानो पार्न सकिन्छ, रिमोट कन्ट्रोलको नियन्त्रण, ८ जीबी स्टोरेज र भिडियो अपलोड गर्नका लागि कम्प्युटरसँग जोड्न सकिनेछ ।

अडिटी सेन्ट्रलका अनुसारटाइनीटीभी टुको १.० इन्च (२६ एमएम) डिस्प्ले छ भने यो अगाडि फर्किएको ०.६ ×०.४ इन्चको स्पिकरमाथि बसेको छ । योभन्दा पनि सानो टाइनीटीभी मिनीको ०.६ इन्च (१५ एमएम) स्क्रिन छ । टाइनीटीभी टुमा आइपीएस टीएफटी डिस्प्ले छ भने टाइनीटीभी मिनीमा ब्राइट ओलेड डिस्प्ले छ । यी दुबैको ८ जीबी इन्टरनल स्टोरेज छ । यसमा पहिले नै धेरै भिडियो अपलोड गरिएका हुन्छन् तथापि नयाँ भिडियो अपलोड गर्नका लागि कम्प्युटरमा कनेक्ट गर्न सकिन्छ ।

यी दुई साना टिभी सेटहरु हाल किकस्टार्टर क्राउडफन्डिङ अभियानको आकर्षकणको केन्द्रमा रहेको छ । उक्त अभियान १५ हजार डलर संकलन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो तर १० दिनभित्रै यो अभियानले १६५,५०० डलर संकलन गरेको छ । यो अभियानलाई समर्थन गर्नेहरुले टाइनीटीभी टु र टाइनीटीभी मिनीलाई ४९ डलरमा किन्न सक्छन् ।

यस्तै, क्लियर केस भर्सनसहित चाहिएको छ भने ५९ डलर मूल्य पर्छ । उनीहरुलाई इन्फ्रारेड रिमोट चाहिएको छ भने अतिरिक्त १० डलर खर्च गर्नुपर्ने हुन्छ । एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ