समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

यी हुन् संसदमा रविका ६ सहकर्मी

  शीतलपाटीन्युज डटकम | ८ मंसिर २०७९, बिहीबार २१:५०

काठमाडौं– पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा यतिखेर चुलिएको छ । कारण मंसिर ४ को आमनिर्वाचनको मतगणना जारी रहँदा नै समानुपातिकतर्फ तेस्रो स्थानमा रहनु तथा राजधानी काठमाडौं उपत्यका ५ निर्वाचन क्षेत्रमा आफ्नो जित निकाल्नु हो । रास्वपाले हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ नै ७ निर्वाचन क्षेत्रमा घण्टी बजाइसकेको छ ।

को–को हुन् त रास्वपाबाट जितको घण्टी बजाउने उम्मेदवारहरु ?

रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहेका रवि लामिछाने भारी मतान्तरले चितवन क्षेत्र नम्बर २ मा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।

डा. तोसिमा कार्की
डा तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएकी छन् । तोसिमाले ३१ हजार १३६ मत ल्याँउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । तोसिमाको मुख्य प्रतिस्पर्धी मानिएकी सत्ता गठबन्धनकी उम्मेदवार पम्फाभुसालले ८ हजार ७६९ मत पाइन् । डा. कार्की पेसाले चिकित्सक हुन् ।

सोविता गौतम
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी उपाध्यक्ष समेत हुन् । २७ वर्षीया उनले प्रतिस्पर्धी एमालेका मणिराम फुयाललाई साढे ३ हजारभन्दा बढी मतान्तरमापराजित गरेकी हुन् । सोविताले १५ हजार २२९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभामा सदस्यमा निर्वाचित सोविता अधिवक्तासँगै नेपाल टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता समेत हुन ।

शिशिर खनाल
एमाले र कांग्रेस दुवैले पकड क्षेत्र दाबी गदै आएको काठमाडौं ६ मा शिशिर खनाल विजयी भए । रास्वपाको उम्मेदवार खनालले नेपाली कांग्रेसका भीमसेन दास प्रधान र नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गरेका हुन । शिशिरले १४ हजार २ सय ४ मत प्राप्त गर्दा एमालेका सर्वेन्द्रले ८ हजार ९ सय ११ मत र कांग्रेसका भीमसेन दासले ८ हजार ८ सय ५ मत प्राप्त गरेका हुन । शिशिर खनाल शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको टिच फर नेपालका सहसंस्थापक हुन् ।

विराजभक्त श्रेष्ठ
काठमाडौं– ८ मा विराजभक्त श्रेष्ठ ४ हजार २ सय १६ मतान्तरले विजयी भएका छन् । उनले बहालवाला मन्त्री जीवनराम श्रेष्ठ र चुनाव अघि चर्चामा रहेका उम्मेद्वार सुमन सायमीलाई पराजित गरेका हुन् । विराजले१० हजार १ सय ५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८ सय ८९ मत र कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनरामले ४ हजार ८७७ मतमात्रै ल्याएका छन् । विराजभक्त श्रेष्ठ प्रदेश सांसद भइसकेका नेता हुन् । उनी ०७४ मा विवेकशील साझाबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य भएका थिए । श्रेष्ठ तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले कारवाही गरेर निकालिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए ।

गणेश पराजुली
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभातर्फ निर्वाचित पराजुली भर्खरैमात्र राजनीतिमा होमिएका हुन् । नेकपा एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्ने काठमाडौं ७ मा ४ जना हेभीवेट नेतासँग प्रतिस्पर्धा गर्दै उनले घण्टी बजाएका छन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका हुन्।

हरि ढकाल
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं १ बाट रास्वपाका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकालले एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली काँग्रेसका नेता एवं अर्थशास्त्री विश्वनाथ पौडेललाई झण्डै १० हजार मतान्तरले पराजित गरेका हुन्। ढकालले ३४ हजार १७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ र विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मतप्राप्त गरेका हुन् । ढकाल वामपन्थी पृष्ठ भूमिका शेयर क्षेत्रका जानकार व्यक्ति हुन् ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ