काठमाडौँ– यस वर्षको मनसुन आज (आइतबार) बाट बाहिरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भन्दा १४ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिएको हो ।
नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पश्चिमी भू-भागबाट शनिबार मनसुन बाहिरिएको थियो। आजबाट देशको समग्र भू-भागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।
यस वर्ष नेपालमा जेठ २२ गते (जुन ५) मा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो।
प्रतिक्रिया