समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

‘सीप भएर के गर्नु, बेच्ने बजार नभएपछि’

  शीतलपाटीन्युज डटकम | १५ माघ २०७९, आईतवार ०९:३४

सिन्धुली-  सिन्धुलीको दुधौली नगरपालिका–३, खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ। बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन।

सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो। अहिले घरखर्चका लागि ऋण गर्नुको विकल्प छैन। आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नु परेको उनले बताइन्।

मान्द्रोको ठाउँका पछिल्लो समय प्लास्टिकका सामग्रीले प्रभाव जमाएको छ। सस्तो र सहज रूपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा संकटमा परेको छ। जंगलमा पहिलाको जसरी बाँस पाइँदैन। मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको उनले सुनाइन्।

सगरवत्तीले भनिन्, ‘पटिया बिक्री हेतो त फेरि बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बुन्न सुरु गर्नेछु)।’ केही वर्षअघि सम्म चुरे क्षेत्र प्रवेश गर्ने बित्तिकै बाँस पाइन्थ्यो। बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी लिएर आइन्थ्यो। मान्द्रो किन्न ग्राहक घरै आउँथे। बिक्री नहुने समस्या थिएन। त्यतिबेला दिनकै पाँच सय कमाई हुने उनी बताउँछिन्। ‘त्यो पैसाले घरायसी सबै खर्च टथ्र्यो,’ उनले भने।

यताउता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको उनको दुखेसो छ। ‘त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टथ्र्यो, ऋण थिएन। अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ,’ उनले भनिन्।

सगरवत्तीको पाँचजनाको परिवार छ। श्रीमान् दुई लाख ऋण गरेर साउदी गएका छन्। दुई वर्ष बितिसक्दा पनि विदेश जाँदाको ऋण तिर्न सकेनन्।

तीन सन्तानको पालनपोषणलगायत घरायसी खर्च टार्न उनलाई यतिबेला धौधौ छ। जंगलमा खेर गइरहेका बाँसको चोयाबाट घर व्यवहार धान्दै आइरहेकी उनको हातमा अरू काम गर्ने सीप छैन। पढाइलेखाइ पनि छैन। अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ।

सगरवत्तीले मात्रै होइन, दनुवार समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो।

उनले पनि तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउँथे। ‘श्रीमानले जंगलबाट बाँस ल्याइदिनु हुन्थ्यो। चोया आफैँ काट्थे। मान्द्रो बनाउँथे। ग्राहक घरैमा आउँथे।’ १० वर्षअघिको समयलाई सोम्नीले यसरी सम्झिइन्।

दिनमा पाँचवटासम्म मान्द्रो बुन्ने गरेको बताउने उनले शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गरेको सुनाइन्।

मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको उनले बताइन्। उनीसँग आकर्षक मान्द्रो बनाउने, थरीथरीका डालो बनाउने सीप छ। गर्दै आएको पेसा संकटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थालेकी सोम्नी उपयुक्त कामको खोजीमा छिन्। ‘जाँड, रक्सी उधारो माग्छन्, दियो पैसा उठाउन सकिँदैन। व्यवसाय घाटामा गएको छ। केही इलम पाउन पाए गर्थें,’ उनले भनिन्।

दनुवार समुदायको परम्परागत तथा पुख्र्यौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण धेरैको रोजीरोटी नै गुम्ने अवस्था आएको छ। स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो। दुई–चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनु पर्ने बाध्यता थिएन। पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसारसमेत नपाउँदा लोप हुँदै गएको छ।

बाँसको चोयाबाट आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर (दनुवार) ले नजिकै गाउँ बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउनसमेत प्लास्टिकको किनेर ल्याएको बताइन्। उनले भनिन्, ‘९ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको १५ देखि २० हजारसम्म कमाउँथे। अहिले बाँस पाउनै मुस्किल छ, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नुरु’

ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले संकटमा छन्। बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापनसमेत नहुँदा दनुवार समुदायका महिलाले पुर्खौंदेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुगेको दनुवार जागरण समिति सिन्धुलीका सदस्य सुकुमलाल कुमर (दनुवार) ले बताए।

पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लाहरूमा निर्यात हुने गरेको उनलाई जानकारी छ। अहिले स्थानीय बजारमा समेत प्लास्टिकका बिछ्याउने सामग्रीले प्रभाव बढेको उनले बताए।

प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र बाँसका सामग्री बनाउने पेसा अँगाल्ने युवा पुस्ताको कमीका कारणले पनि यो व्यवसाय संकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारूको धारणा छ। यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीजस्ता सामग्रीको उत्पादनसमेत अत्यन्तै न्यून हुने गरेका उनले बताए। -राधिका बुढाथोकी / रासस

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ