समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

  शीतलपाटीन्युज डटकम | २६ फाल्गुन २०७९, शुक्रबार २०:२२

काठमाडौं– विभिन्न राजनीतिक दलनिकट भ्रातृ संगठन र दलित संघसंस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले)निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घ–संस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन गरी घटनामा संलग्न उनलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न माग गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३ औं दिनको पुन्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘किरिया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घरसङ्गठनको भनाइ छ।

‘सार्वजनिक पदधारण गरेका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान लगायतका दलित सङ्घ–सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन्।

ती सङ्घरसंस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ