काठमाडौँ- धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलव ५५ मा ओर्लिएको छ । यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ७७ मा सीमित भएको छ ।
कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर रु ४८ करोड ७३ लाख ५३ हजार छ सय ४७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज पनि दुई उपसमूहको शेयर मूल्यमा झिनो अङ्कले वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ७२ अर्ब ५९ करोड ८४ लाख २३ हजार आठ सय ३२ बराबर रहेको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड ७९ लाख १९ हजार दुई सय १५ बराबरको कारोबार भयो ।
प्रभु बैंक रु दुई करोड ६१ लाख सात हजार पाँच सय २८, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख ९९ हजार आठ सय तीन, हिमालयन डिस्टिलरी रु एक करोड ८० लाख ९५ हजार नौ सय ९२ र प्राइम बैंकको रु एक करोड ६२ लाख ८१ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सयपत्री हाइड्रोपावर नौ दशमलव ९६, कुमारी धनवृद्धि योजना तीन दशमलव ८५, इन्फिनिटी लघुवित्त तीन दशमलव ८० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले कमाएका छन् । त्यस्तै पिपल्प पावर नौ दशमलव ९७, बलेफी हाइड्रोपावर पाँच दशमलव १०, रिलायन्स फाइनान्स चार दशमलव ७२, स्ट्याण्र्डड चार्टड बैंक चार दशमलव ४३, बिन्दबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव २३ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया