समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्वोधनका साथै सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) हस्तान्तरण कार्यक्रम सम्पन्न

  शीतलपाटीन्युज डटकम | ९ मंसिर २०८२, मंगलवार ०९:१७

शीतलपाटीन्युज डटकम।

काठमाडौं,५ मंसिर। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधनका साथै सवारी साधन हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । निरीक्षण भ्रमणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पुन निर्मित परिचालन कक्ष लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो।
सोही अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) प्रहरी कार्यालयमा जाहेरी पश्चात खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो।
सवारी साधन हस्तान्तरण मुल समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले विषम परिस्थितिमा समेत आफुलाई सम्हालेर नागरिकको सेवामा अग्रपङ्त्तिमा रहि खटिने नेपाल प्रहरी संगठन हरेक समय सेवा गर्न तत्त्पर रहेको विगत देखी वर्तमान सम्मको घटनाक्रममा प्रहरीको देखाएको तदारूकताले प्रमाणित गर्ने बताउनु हुदै ट्राफिक प्रहरी कर्मचारीहरुले यातायात व्यवस्था ऐनमा व्यवस्था गरे बमोजिम सवारी कार्वाही गर्न साथै सेवाग्राही संग बोलि व्यवहारमा नम्र र कानून कार्यान्वयनमा कठोर हुन समेत निर्देशन दिनु भयो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरी सम्बन्धित धनिहरुले सवारी प्राप्त गरे पश्चात सवारी धनिहरुले सामुहिक रुपमा खादा माला लगाई ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गर्नुका साथै केक काटी खुशी व्यक्त गर्नु भएको थियो।

(साभार-काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ