समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

हत्यारा अधिकारीले अंशु गौतमलाई फकाएर जंगल लगे,हत्या गरे,हत्या पछी शरीर टुक्र्याएर छुट्टाछुट्टै फाले

  शीतलपाटीन्युज डटकम | २१ मंसिर २०८२, आईतवार १७:२२

शीतलपाटीन्युज डटकम।
बिराटनगर,मोरङको लेटाङ नगरपालिका–२, स्कूलचोककी १२ वर्षीया अंशु गौतमको हत्या आरोपमा उनका ५८ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेका छन्।

सीआईबी,कोशी प्रदेश प्रहरी र मोरङ प्रहरीले संयुक्त रूपमा गरेको लामो अनुगमनपछि अधिकारीलाई गत शुक्रबार नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरिएको हो।२१ असोज देखि बेपत्ता भएकी अंशुको खोजी विवरण परिवारले प्रहरीसमक्ष दिएको थियो।

त्यही दिनदेखि प्रहरीले व्यापक खोजतलास थाले पनि सुराग भेटिएको थिएन।बेपत्ता भएको १७ दिनपछि, लेटाङ–२ को चिसाङ सामुदायिक वनभित्र अंशुको शव फेला परेको थियो।

शव विभत्स अवस्थामा, टुक्र्याइएका अङ्ग–अवयव सहित भेटिएकाले पहिचान गर्न कठिन थियो।कपडा,हाफ–पाइन्ट,चप्पल र हातको घडीका आधारमा मात्र सनाखत सम्भव भयो।

प्रहरी अनुसन्धान अनुसार :
आरोपी पदमबहादुर अधिकारीले फकाई फुल्याएर जंगलभित्र लगे।त्यहाँ हँसियाले घाँटी रेटेर हत्या गर्यो।हत्या पछाडि शरीर टुक्र्याएर छुट्टाछुट्टै फालेको प्रहरीले बताएको छ।

घटनास्थल वरपर फेला परेका सामाग्री,शंकास्पद गतिविधि र फरेन्सिक सूचनाले अधिकारीमाथि आरोप ठोकिएको हो।पक्राउ परेका अधिकारी विरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।प्रहरीले घटनालाई “योजनाबद्ध र अत्यन्त क्रुर” बताएको छ।
(नेपालीअनलाईन पत्रिकाबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ