समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

डा.गोपाल पौड्याल ‘मण्डने’को पुस्तक How to become the best ambassador बिमोचन

  शीतलपाटीन्युज डटकम | २२ मंसिर २०८२, सोमबार ०६:३०

२० मङ्सिर , काठमाडौँ,
डा. गोपाल पौडालको नविन्तम कृति How to become best ambassador पुस्तक वरिष्ठ लेखक प्रा. डा तुलसी भट्टराईलगतका वरिष्ठ साहित्यकारहरूद्वारा विमोचन गरियो।
कमलादी स्थित प्रज्ञा भवन लेखनाथ कक्षमा उमाकक्न्त पौडेल स्मृति प्रतिष्ठान को आयोजनामा डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित How to become the best ambassador ? पुस्तक्को लोकार्पण तथा सार्बजनिकरण सम्पन्न भयो। बरिस्ठ  साहित्यकार डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बरिस्ठ साहित्यकार,लेखक तथा अनुसन्धानकर्ता नेपाली सेनाका पुर्ब जर्नेल डा. प्रेम सिंह बश्न्यात ज्युले डा. गोपाल पौड्याल को ब्यक्तित्व तथा लेखकिय खुबिको बारेमा तथा नेपालको राजनीति र कुट्नीतिको बारेमा प्रकाश पार्नु भयो।त्यसैगरी बेलायत स्थित नेपाली साहित्य विकास परिषद युकेका संस्थापक तथा निवर्तमान अध्यक्ष समाजसेवी तथा वरिष्ठ साहित्यकार  श्री सुरेशजङग् शाहज्युले डा. गोपाल पौड्यालको साहित्य र समाजसेवा प्रतिको लगाव मेहेनत र नेपाली साहित्य प्रति उहाँले गरेको माया र योगदान बेलायत स्थित नेपाली जनसमाजको इतिहासमा  उदाहरणीय रहेको छ।

हरेक विधामा कलम चलाउँदै आउनु भएका लेखक डा. पौड्यासँग बेलायतमा सङगसँगै साहित्यिक तथा पत्रकारिता र समाजसेवाको यात्रा गरेको स्मरण गर्दै वरिष्ठ साहित्यकार शाहले यो पुस्तकले समस्त राजदूत हरुलाई पस्कृत गर्न मद्दे पुग्ने विश्वास लिएको कुरा बताउनु भयो।
उक्त अबसरमा प्रमुख बक्ताका रुपमा काठमाडौ   बिश्वबिध्यालयका डिन,साहित्यकार तथा बरिस्ठ  लेखक प्रा डा. उद्धब प्याकुरेलले How to become the best ambassador पुस्तकको सन्क्षिप्त परिचय तथा यस्ले नेपाली डिप्लोमेसिमा ठुलो  योगदान पुर्याउनेछ भन्नु हुदै लेखकलाई बधाई तथा धन्यबाद् दिनुभयो। पुस्तक को प्रकाशन अक्षरमार्ग प्रकाशन पनौति काभ्रेले गरेको थियो।प्रकाशकको तर्फ बाट श्री सूर्यप्रसाद लाकोजुले पुस्तक निकाल्दा झेल्नु पर्ने अफ्ठेरो हरु र पुस्तकलाई बान्किमय राम्रो र गहकिलो बनाउन भर मग्दुर प्रयास गरेको र डा. गोपाल पौड्याल जस्तो बिज्ञ  मान्छे हाम्रो काभ्रे जिल्लाले पाएको र उहाको पुस्तक प्रकाशन गर्ने जिम्मा हामीले पाएको हुँदा हामिलाइ गौरबि बोध भएकोछ उहाले भन्नु भयो।लेखकको तर्फबाट डा. गोपाल पौड्याल ‘मण्डने’ ले म कवि भएर किन यो पुस्तक लेखे भन्ने कुराको ब्याख्या गर्दै पुस्तकमा भएका सबै च्याप्टर हरुको बारेमा सन्क्षिप्त ब्याख्या गर्नु भयो।

उक्त अबसरमा उमाकान्त पौडेल स्मृति प्रतिष्ठानका सचिब श्री  राम प्रसाद पौडेलले स्वागत भाषण गर्नु भएको थियो। प्रमुख अतिथि डा तुल्सि भट्टराईले डा. गोपाल पौड्याल जस्तो बहु आयामिक बहु प्रतिभाशालि तथा बहु लेखकिय भुमिका निर्बाह गर्न सक्ने श्रष्ठाहरु कमै मात्र पाइन्छन भन्दै पुस्तकले नेपाली Diplomacy मा ठुलै योगदान गरेको र नेपाली कुटनैतिक नियोगलाई ठुलै गुण लगाउनु भएको बताउनु भयो।अनिल पौडेल को उद्घोषणमा सुरु भएको कार्यक्रमको बिसर्जन गर्दै सभाका सभापति तथा उमाकान्त पौडेल प्रतिष्ठानका सभापति श्री कश्यप पौडेलले लेखक आफ्ना दाइको बच्चै देखि लेख्ने बानि भएको हुदा हामिले पनि प्रेरणा पाएर म कथा लेख्ने कथाकार भएँ, कान्छो भाई राम पौडेल नाटककार भएको प्रसङ्ग निकाल्दै उपश्थित सबैलाइ धन्यबाद दिदै सभा बिसर्जन गर्नु भयो।

जलपान र खाजाको समेत ब्यबस्था गरिएको उक्त कार्यक्रम्मा फित्कौलि का प्रधान सम्पादक श्री नरनाथ लुइटेल,पुर्ब सुरक्षाकर्मि परिशद का सचिब ज्यु काभ्रेलि समाजका पुर्ब अध्यक्ष श्री प्रल्हाद केसी लगायत हलमा खचाखच भरिएका थुप्रै लेखक तथा साहित्यकार हरुको उपश्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ