समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

एयुजी नेपालको भर्चुएल भेला,क्लाउडको भविष्यबारे गरियो छलफल

  शीतलपाटीन्युज डटकम | ११ पुष २०८२, शुक्रबार १७:००

GNNNEWS-
काठमाडौँ
 –  अमेजन वेब सर्भिसेज युजर ग्रुप (एयुजी) नेपालको भर्चुअलभेलामा कृत्रिम बुद्धिमत्ता (एआइ) मा आधारित प्रविधि, क्लाउडको भविष्यलगायतका विषयमा छलफल गरिएको छ। उक्त भेलालाई सम्बोधन गर्दै बेलायतस्थित सूचना प्रविधि तथा साइबरसेक्युरिटी सम्बन्धी परामर्शदाता कम्पनी,  जेनेस सलुशन, का प्रमुखप्रविधि अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरलेअमेजन वेब सर्भिसेज (एडब्लुएस) अब स्पष्ट रूपमा  ‘एजेन्ट फर्स्टप्ल्याटफर्म‘  तर्फ उन्मुख हुँदै गएको बताए।

हालै लस भेगासमा सम्पन्न एडब्लुएस रिइन्भेंट सम्मेलनमा जेनेससलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाल सँगै सहभागीभएका कुँवरले एडब्लुएसले क्लाउड निर्माण, सञ्चालन र सुरक्षाको मूलसंरचनामै एआई एजेन्टहरू समावेश गरिरहेको स्पष्ट पारे। एडब्लुएसलेकेही अत्यन्तै महत्वपूर्ण घोषणाहरू गरेको छ। डेभअप्स एजेन्टहरूले कोडलेख्न, प्रश्नहरूको उत्तर दिन र आर्किटेक्चर डिजाइन गर्न सहयोग गर्छन्।तिनीहरूले सिस्टम र प्रोडक्सनको निगरानी गर्न सक्छन् र सम्पूर्ण डेभअप्सजीवनचक्रमा सहयोग पुर्‍याउँछन्,” कुँवरले  भने।

“एडब्लुएसले विकास गरेका सुरक्षा एजेन्टहरू वातावरणको निरन्तरनिगरानी गर्न,शंकास्पद गतिविधि पहिचान गर्न र वास्तविक समयमैसुधारात्मक कदम चाल्नसमेत सक्षम रहेको कुँवरले बताए।   “एजेन्टलेसुरक्षालाई निरन्तर र सक्रिय मोडमा रूपान्तरण गर्छ। केरो एजेन्ट (Kero agent) आधुनिकीकरणमा केन्द्रित छ र यसले  संस्थाहरूको आधुनिकीकरण यात्रालाई तीव्र बनाउन सहयोग गर्छ। ठूलो र जटिललेगेसी प्रणाली भएका संस्थाहरूका लागि यो विशेष रूपमा प्रभावकारीछ,” उनले भने ।

कुँवरका अनुसार अब कृत्रिम बुद्धिमत्ता (एआई) क्लाउडमा थपिने कुनैसाधारण फिचर मात्र होइन, यो क्लाउडको ‘अपरेटिङ सिस्टम’ नै बन्दैगएको छ। “हामी मानिसहरूले क्लाउड सञ्चालन गर्ने अवस्थाबाटएजेन्टहरूले सञ्चालन गर्ने र मानिसहरूले तिनको सुपरभिजन गर्नेअवस्थातर्फ अघि बढिरहेका छौँ। यी एआई एजेन्टहरूलाई शक्ति प्रदानगर्ने नोभा २ (Nova 2)  नामका नयाँ मोडेलहरूका  तीन फरक भेरियन्टछन् र हरेक विशिष्ट कार्यका लागि प्रशिक्षित  छन्।”

“क्लाउडको भविष्य एजेन्ट सञ्चालित हो र त्यो भविष्य अहिले नै सुरुभइसकेको छ। अब सिक्ने र नेपालबाटै पनि हामी यो गर्न सक्छौँ भन्नेदेखाउने समय आएको छ,” उनले  जोड दिंदै भने ।

कुँवरले  एडब्लुएस रिइन्भेंट सम्मेलनमा जेनेस सलुशनले विकास गरेको बैंक तथा फिनटेक कम्पनीहरूका लागि  समयसापेक्ष, सान्दर्भिक रव्यक्तिगत सन्देशमार्फत ग्राहकसँग प्रभावकारी रूपमा जोड्न सहयोग गर्नेगम्प (GUMP) नामक एआई ड्रिभन क्याम्पेन प्लेटफर्म प्रस्तुत गरेकोजानकारी दिए ।

जेनेस सलुशनले विकास गरेको गम्प हालै सम्पन्न ए डब्लु एस शार्कट्यांक प्रतियोगितामा साना तथा मध्यम व्यवसाय बजार खण्डका लागिउत्कृष्ट पाँच एजेंटिक एआइ समाधानमध्ये एकको रूपमा छनोट भएकोथियो। उक्त प्रतियोगिता एडब्लुएस र इन्ग्राम माइक्रोको सहआयोजनामाएडब्लुएस रिइन्भेंटकै अवसरमा सम्पन्न भएको थियो।

गम्प एउटा एआई सञ्चालित क्याम्पेन प्लेटफर्म हो, जसले सबै किसिम रआकारका व्यवसायलाई आफ्ना ग्राहकहरूसँग समयमै, सान्दर्भिक रव्यक्तिगत सन्देशमार्फत जोडिन मद्दत गर्छ। प्रतियोगितामा न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानडा र संयुक्त राज्य अमेरिकाका कम्पनीहरूसँगै जेनेससलुशन फाइनलिस्टको रूपमा सहभागी भएको थियो।

“गम्पले जेनेसका इन्जिनियर र डेभलपरहरू अन्तरराष्ट्रिय स्तरमै प्रतिस्पर्धीछन् भन्ने प्रमाणित गरेको छ। हामीले विकास गरेको सफ्टवेयरलाई विश्वबजारले गम्भीरतापूर्वक लिएको देख्दा अत्यन्तै खुशी लागेको छ,” उनलेभने।

कार्यक्रममा लिपफ्रगका सलुशन आर्किटेक्ट अमित जोशीले एडब्लुएसकाविभिन्न फिचरहरूबारे प्रस्तुति दिए। “अब पाइथन नयाँ  एसेम्बलीजस्तैबन्दै गएको छ। सुरक्षा तत्काल सुरु हुन्छ र गभर्नेन्स माथिल्लो तहमा सर्दैगएको छ। हामीले उत्कृष्ट मोडेलहरू प्रयोग गर्नुपर्छ, एजेन्टहरूसावधानीपूर्वक अपनाउनुपर्छ र भ्यालिडेशनमा बढी लगानी गर्नुपर्छ,” उनलेबताए।

एडब्लुएस युजर ग्रुप नेपालकी सदस्य तथा एफवन सफ्टकी सुरक्षाविशेषज्ञ रोशनी श्रेष्ठले आफुले इसेवामा इन्टर्नशिप गरिरहेको बेलाएडब्लुएसको  रिइन्भेंट सम्मेलनमा भाग लिन स्पन्सरशिप पाएको र हालैउक्त सम्मेलनमा भाग लिएर फर्केको अनुभव सुनाइन्।  उनले उक्तसम्मेलनमा भाग लिएर थुप्रै कुरा सिक्ने मौका पाएको बताउंदै विद्यार्थीतथा भर्खरै काम सुरु गरेका युवाहरुलाई  उक्त सम्मेलनमा भाग लिनआवेदन दिन सुझाव दिइन्।  

उक्त भर्चुएल भेलामा एडब्लुएस युजर ग्रुप नेपालका सदस्यहरु, पेशाकर्मी, विशेषज्ञ तथा प्राज्ञहरुको पनि सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ