समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

बढुवा भएका प्रहरी कर्मचारीको दर्ज्यानी चिन्ह अब हाजिरपछि मात्रै, आईजीपी कार्कीले ल्याएको नयाँ व्यवस्थाको व्यापक प्रशंसा

  शीतलपाटीन्युज डटकम | १९ पुष २०८२, शनिबार १६:१७

शीतलपाटीन्युज डटकम।

काठमाण्डौं। बढुवा नियुक्ति पाएका प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारीहरूले अब तोकिएको दरबन्दीमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिने व्यवस्था लागू गरिएको छ।


नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको निर्देशनअनुसार,
बढुवा भएपछि पदस्थापन भई तोकिएको कार्यालयमा हाजिर नगरी पुरानै कार्यालयमा कामकाज गर्ने प्रवृत्तिका कारण जनशक्ति व्यवस्थापनमा समस्या देखिएको भन्दै अब उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको हो।

यसअघि कार्यरत कार्यालयबाटै दर्ज्यानी चिन्ह सुशोभन गरिँदा कतिपय प्रहरी कर्मचारीहरू नयाँ पदस्थापन भएको कार्यालयमा समयमै हाजिर नहुने गरेको पाइएको थियो। यसले प्रहरी संगठनको दैनिक कार्य सञ्चालन र जनशक्ति परिचालनमा प्रत्यक्ष असर परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अब उप्रान्त बढुवा भई दरबन्दी कायम भएका प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयमा हाजिर भएको पुष्टि भएपछि मात्रै सोही कार्यालयका तोकिएका प्रहरी अधिकृतमार्फत दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम आयोजना गरिने व्यवस्था गरिएको छ। उक्त प्रणाली कार्यान्वयनका लागि सबै प्रहरी कार्यालयहरूलाई औपचारिक रूपमा परिपत्र गरिएको जनाइएको छ।

प्रहरी संगठनभित्रको अनुशासन, पारदर्शिता र प्रभावकारी जनशक्ति व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको यस व्यवस्थालाई आईजीपी कार्कीको नयाँ र दूरदर्शी योजनाका रूपमा लिइएको छ, जसको प्रहरी संगठनभित्र तथा सरोकारवालाहरूबाट व्यापक प्रशंसा भइरहेको छ।
(सुरक्षासरोकार डटकमबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ