समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

पोखरेली मञ्च यूकेको अध्यक्षमा गंगाबहादुर गुरुङ (पवित्र)निर्विरोध

  शीतलपाटीन्युज डटकम | ४ माघ २०८२, आईतवार ०६:४७

शीतलपाटीन्युज डटकम।
लन्डन। पोखराबाट बेलायतस् आई बसोबास गरेका पोखरेली समुदायको संस्था ‘पोखरेली मञ्च यूके’को निर्वाचन हालै सम्पन्न भएको छ। पोखरेली मंच युकेको अधिबेशनले अध्यक्षमा गंगाबहादुर गुरुङ (पवित्र) चयन भएका छन् । शनिबार अलडरसटस्थित माइतीघरमा सम्पन्न चौथो वार्षिक साधारणसभाले गंगाबहादुरको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो ।

Screenshot

साथै समितिको उपाध्यक्षमा शेरबहादुर गुरुङ (शेरा), कोषाध्यक्षमा प्रकाश गुरुङ र सहकोषाध्यक्षमा विनय पुन चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा मीना गुरुङ,गिरी गुरुङ र ललित गुरुङ रहेका छन्। महासचिव र सचिव पदमा भने पछि नियुक्त गरिने जानकारी दिइएको छ।

Screenshot

पहिलो चरणमा उद्घाटन सत्र भएको थियो भने दोस्रो चरणमा नयाँ कार्य समितिको निर्वाचन तथा चयन प्रक्रिया भएको थियो।

पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सहसचिव टीकाराम गुरुङले गरेका थिए। संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन (रि.) चन्द्रबहादुर पुनले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थापक अध्यक्ष पुन,पूर्वअध्यक्ष मानप्रसाद गुरुङ तथा अध्यक्ष करम गुरुङले दीप प्रज्वलन गरेका थिए।

सभामा अध्यक्ष गुरुङले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै संस्थागत गतिविधि र उपलब्धिको जानकारी गराएका थिए।
त्यसपछि पुरानो समिति भंग गरी नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाइएको थियो।

प्रेम गुरुङ संयोजक,विक्रम भट्टराई र राम गुरुङ निर्वाचन समिति सदस्य रहेको समितीले निर्वाचन सम्पन्न गरीएको थियो। नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिले औपचारिक रूपमा शपथ ग्रहण समेत गराएका थिए।

एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं संस्थाका सल्लाहकार सूर्य गुरुङ,तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा निवर्तमान अध्यक्ष करम गुरुङले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष गुरुड्गले संस्थालाई अझ सक्रिय बनाउँदै नयाँ सदस्य थप्ने प्रतिबद्धता जनाए। उनले सबै सदस्य तथा समुदायबाट निरन्तर सहयोगको अपेक्षा समेत राखेका थिए।
श्रोत- गोर्खा मिडीया।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ