समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

“पर्वत अस्पताल सौन्दर्यकरण परियोजना” सम्पन्न गरी हस्तान्तरण गरीयो

  शीतलपाटीन्युज डटकम | १६ फाल्गुन २०८२, शनिबार १५:३८

शीतलपाटीन्युज डटकम।
पर्वत,कुस्मा। अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना तथा प्रदेश अस्पताल पर्वतको व्यवस्थापनमा सम्पन्न “पर्वत अस्पताल सौन्दर्यकरण परियोजना” हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

पुरन गिरी प्रमुख अतिथिको रहेको सो उदघाटन कार्यक्रममा गिरीले प्रमुख अतिथिको रूपमा सहभागी हुने अवसर पाउँदा खुशी लागेको बताउनु भएको छ।

विशेष रूपमा परियोजनाका परिकल्पनाकार एवं अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष शंकर गिरिको अथक मेहनत र नेतृत्वका कारण यो “पर्वत अस्पताल सौन्दर्यकरण परियोजना” सम्पन्न भएको हो। यो प्रोजेक्ट झन्डै ४२ लाख रुपैयाँ लागतको हो। गिरिले यो निर्माण अभियान सफल बनाउन लागि पर्ने सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दछु भन्नु भएको छ।

यस कार्यमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण,संरक्षकज्यूहरू, कार्यसमिति सदस्यहरू,प्रतिक्षालय सौजन्यकर्ता बुबा कलाधर गिरि,आमा इन्द्र कुमारी गिरि,नेपाल प्रतिनिधि मुना भुसाल,कलाकार तथा पत्रकार मित्रहरू,अस्पताल विकास समिति,आमा समूह,युवा क्लब,अस्पताल प्रशासन तथा कर्मचारीहरू लगायत सबैप्रति अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरण गिरीले हार्दिक आभार र धन्यबाद व्यक्त गर्दछु भन्नु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ