समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

विपद्को बेला कालोबजारी : सामान पुरानो, मूल्य नयाँ 

  शीतलपाटीन्युज डटकम | २ कार्तिक २०७९, बुधबार १७:५९

जुम्ला- विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।

कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मूल्यमा ल्याइएको हो । जुम्लाका व्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्ने गरेको स्थानीय ददि नेपालीले बताए । उनका अनुसार, ‘यस अघि खाने तेलको पेटी २२ सय थियो । कर्णाली राजमार्ग बन्द भएदेखि २६ सय देखी २८ सय  लिन थालेका छन् ।’

खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । उनका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यसको लागी सरोकारवाला निकाय मौन छन् । जुम्लाका व्यापारीले यति वेला विपद्को नाममा कालोबजारी गर्दै आएका छन् ।

विपद्‍मा कालोबजारी गर्दासमेत नियमन गर्ने निकाय मौन छन् । ठूला डिलरले बढी मूल्य लिने गरेकाले साना तथा खुद्रा व्यापारीले महँगोमा सामान बेच्ने गरेको बताएका छन् ।

नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए । उनले भने, ‘ग्यासको पनि मूल्य एक्कासि बढेको छ । यसअघि २ दुई हजार दुई सय ५० रुपैयाँ थियो । अहिले न्यूनतम २८ सयदेखि ३ हजारसम्म  लिने गरेका छन् ।’ डिजेलको मूल्य पनि ३ सय लिटर पुगेको छ । खाने तेल, चिनी, चामल दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेका छन् ।

त्यस्तै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्नु पर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ