समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

पोखरा कुमुदिनी होम्सद्वारा चाईनिज भाषा शिक्षक इनको बिदाई

  शीतलपाटीन्युज डटकम | १३ चैत्र २०८२, शुक्रबार १५:४०

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरा महानगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यायमा चाईनिज भाषा अध्यापन गराईरहेकी शिक्षक हाउ सिङ इनलाई बिहिबार बिदाई गरिएको छ ।

Screenshot

कक्षा ३ देखि कक्षा ७ सम्मका विद्यार्थीका लागि बिगत ५ वर्षदेखि चाईनिज भाषाको सिकाई चल्दै आएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए। हरेक वर्ष चाईनिज शिक्षक आएर चाईनिज भाषा सिकाउने क्रम चलिरहेको र एउटा शिक्षक एक वर्षभन्दा बढी बस्न नपाउने चाईनिज अन्तराष्ट्रिय भाषा केन्द्रको नीति अनुसार इन चाईना फिर्ता हुन लागेको बताए।

Screenshot

पोखरामा चाईनिज भाषा र संस्कृतिको अध्यापन भईरहेको र विद्यार्थीले खुसि मानेर पढिरहेको बताए। नेपाली विद्यार्थीहरुमा जनजातीले ५ वटाजति भाषा र नेपाली भाषिले कम्तिमा दुईवटा भाषा बोल्छन्।

नेपाली भाषिका लागि तेश्रो,चौथो भाषा हुने र जनजातीका लागि पाँचाै छैटैँ भाषा हुने भएकाेले यसले पर्यटकिय राजधानी पोखरामा दोभाषेको रुपमा काम गर्नका लागि पनि भविष्यमा सहयोगि हुने उनले बताए ।

बिदाई कार्यक्रममा बिद्यार्थीहरु शिक्षकसहित भावुक बन्दै शिक्षक इनलाई पुष्पगुच्छा,खादा र माला लगाएर बिदाई गरेका थिए।
(सफल आवाजबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ