समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङद्धारा स्व.धन सिङप्रति श्रद्धाञ्जली अर्पण

  शीतलपाटीन्युज डटकम | २५ चैत्र २०८२, बुधबार ०७:५६

शीतलपाटीन्युज डटकम।

लन्डन । तमु समाज यूकेका ज्येष्ठ सदस्य स्व.धन सिङ गुरुङको स्मृतिमा लन्डनमा आयोजित श्रद्धाञ्जली सभामा एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ सहभागी हुनु भयो।

आइतबार वेम्बलीस्थित समाजको सामुदायिक भवनमा आयोजित कार्यक्रममा प्रमुख संरक्षक डेभिड गुरुङले स्वर्गीय धनसिंङप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो।


वरिष्ठ समाजसेवी डेभिड गुरुङले आफ्ना अभिभावक धनसिङ गुमाउनु पर्दा निकै मर्माहत भएको जनाउंदै आफू संस्थागत मतमतान्तर बिर्सेर मानवीय भावका साथ श्रद्धाञ्जली सभामा उपस्थित भएको बताउनु भयो।

एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङले तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङसंग सम्बन्धमा तिक्तता रहेको भन्ने भाष्य आफ्नो उपस्थितिबाट हटेको समेत बताउनुभएको छ। मर्दा पर्दा आफ्नो घरछिमेक,गाउं र समाजका लागि सधैं अग्रपंक्तिमा रहने समेत उहांले उल्लेख गर्नुभयो।


९२ वर्षको उमेरमा २२ मार्चमा निधन भएका गुरुङको पार्थिव शरीर उनको अन्तिम इच्छा तथा परिवारको चाहनाअनुसार अन्त्येष्टिका लागि नेपाल लैजाने तयारी भइरहेको छ।

बेलायतमा रहेका आफन्त,इष्टमित्र तथा शुभचिन्तकहरूले सामूहिक रूपमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाउन् भन्ने उद्देश्यले सभा आयोजना गरिएको हो।

सभामा परिवारका तर्फबाट ज्येष्ठ सुपुत्र सुब सिङ गुरुङले तमु समाज यूकेले देखाएको साथ,सहानुभूति र सम्मानप्रति आभार व्यक्त गरे । उनले यस दुःखद घडीमा समाज र शुभेच्छुकबाट प्राप्त सहयोगले परिवारलाई ठूलो हौसला मिलेको बताए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ