समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

सल्यानमा छात्रवृत्ति कोष स्थापना गर्न राप्ती समाज यूकेले आयोजना गर्यो च्यारिटी डिनर

  शीतलपाटीन्युज डटकम | १० बैशाख २०८३, बिहीबार १९:३२

GNNNEWS-
लण्डन – राप्ती समाज यूकेले शनिबार आशफोर्डमा एक च्यारिटी डिनर आयोजना गरेको छ। राप्ती समाजका अध्यक्ष चन्द्र शाहीले राप्ती क्षेत्रमा पर्ने सल्यान जिल्लाको एक सामुदायिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्न उक्त च्यारिटी डिनर आयोजना गरिएको बताए।

उनले आफ्नो व्यस्त समयबाट समय निकालेर यस पुण्य कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि धेरै व्यक्तिले आर्थिक सहयोग गरेको उल्लेख गर्दै आभार प्रकट गरे। साथै,उनले पीपल मोर्टगेज आशफोर्ड,यति होम्स आशफोर्ड,गोर्खा भिल्ला आशफोर्ड लगायतका प्रायोजकहरूलाई धन्यवाद पनि दिए।

राप्ती समाज यूकेको वार्षिक साधारण सभा सम्पन्न भएपछि च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम राप्ती समाजका सदस्यहरु साथै विभिन्न संघसंस्थाका अतिथिहरूलाई स्वागत गर्दै सुरु भएको थियो। फोक्स्टोन नेपाली समुदायका अध्यक्ष क्याप्टेन (सेवानिवृत्त) सुमन चन्द्र राई,क्षेत्री समाज वेलफेयर फाउन्डेशन यूकेका क्याप्टेन टेक घर्ती,गुरुङ समाज केन्टका अध्यक्ष गोलमान गुरुङ,१ आरजीआरका प्रतिनिधि क्याप्टेन नरवीर गलामी लगायतका पाहुनाहरु कार्यक्रममा सहभागी भएका थिए।

क्षेत्री समाज वेलफेयर फाउन्डेशन यूकेका अध्यक्ष क्याप्टेन टेक घर्तीले आफ्नो मन्तव्यमा दुर्गम क्षेत्रको विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन छात्रवृत्ति कोष स्थापना गर्ने अभियानलाई सघाउन पाउँदा आफू अत्यन्तै खुसी भएको बताए।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा राफल ड्र समेत आयोजना गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ