समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत आउने

  शीतलपाटीन्युज डटकम | १७ बैशाख २०८३, बिहीबार ०१:२५

शीतलपाटीन्युज डटकम।
लण्डन । १८ पुराणका ज्ञाता तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत भ्रमणमा आउने भएका छन्। सुवेदी धर्मदर्शन कल्चर सेन्टर बेलायतको आयोजनामा लण्डनमा हुन लागेको एक धार्मिक भेलामा सहभागी हुन बेलायत आउन लागेका हुन्।

धर्मदर्शन कल्चर सेन्टरका अध्यक्ष सहदेव गिरीका अनुसार पण्डित सुवेदीले आगामी मे ३१ तारिख,आइतबार लण्डनस्थित स्ट्यानवेल (हिथ्रो) कम्युनिटी हलमा आयोजित कार्यक्रममा प्रवचन दिने कार्यक्रम रहेको छ।

धर्मदर्शन कल्चर सेन्टर पश्चिम लण्डनमा एक बृहत् सांस्कृतिक केन्द्र स्थापना गर्ने उद्देश्यसहित स्थापना गरिएको संस्था हो।
कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी, बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,समाजसेवी, व्यवसायी तथा आम बेलायतबासी नेपालीहरुलाई आमन्त्रण गरिएको छ।

धर्मदर्शन कल्चर सेन्टर बेलायतस्थित नेपाली समुदायले आफ्ना धार्मिक,सांस्कृतिक परम्परा र मूल्यमान्यतासहितका चाडपर्वहरुलाई एउटै साझा मञ्चमा समेट्दै पश्चिम लण्डनमा एक धार्मिक तथा सांस्कृतिक तीर्थस्थल विकास गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ