समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

पत्रकारितामा एआई : अवसर र चुनौती विषयक बेलायतमा एक दिने विशेष भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न

  शीतलपाटीन्युज डटकम | २१ बैशाख २०८३, सोमबार १९:२२

FNJUK,
लण्डन। ३३औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा एआईः अवसर र चुनौती” विषयक एक दिने विशेष भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रविधिको द्रुत विकाससँगै पत्रकारितामा भित्रिएको कृत्रिम बौद्धिकता एआईलाई कसरी रचनात्मक र मर्यादित बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।

नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लिलाराज भट्टराईले तालिमको सहजीकरण गर्दै पत्रकारितामा एआईको प्रयोग गर्दा पारदर्शिता सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो,“एआईको सहयोगमा तयार पारिएका सामग्रीहरूमा एआई प्रयोगको स्पष्ट जानकारी दिनुपर्छ। साथै,सो सामग्री कुन सम्पादकले सम्पादन गरेको हो भन्ने समेत उल्लेख गर्ने अभ्यास सुरु गर्नु पर्छ।” प्रशिक्षक भट्टराईले समाचार संकलन,लेखन र सम्पादन प्रक्रियालाई सहज बनाउन उपयोगी हुने विभिन्न आधुनिक एआई टुल्सहरूको प्रयोगबारे समेत पत्रकारहरूलाई व्यावहारिक जानकारी दिनुभएको थियो।


कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले युके शाखाले नयाँ प्रविधिका बारेमा समयसान्दर्भिक तालिम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूले प्रविधिसँग डराउनु भन्दा पनि त्यसलाई पछ्याउँदै व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिदै हाल नेपाल सकारले प्रेस स्वतन्त्रता माथि गरेको संकुचन प्रति महासंघले गरीरहेको प्रतिरोधको वारेमा जानकारी दिनुभयो।


कार्यक्रममा विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरिएको थियो। उक्त अवसर मा वविसी नेपाली सेवाका पुर्व संचालक तथा वरिष्ठ पत्रकार भगिरथ योगीले यस्तो विषेश अवसरमा क्षमता अभिवृद्धिको कार्यक्रमले विषेस महत्व राख्ने वताउदै प्रेस स्वतन्त्रता भन्नाले पत्रकारहरुलाई मात्र हो भन्ने नवुझी सवै समुदाय र समाजको अधिकार रक्षाको लागि पत्रकारहरु संम्वाहक भएको वताउनुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष नविन पोख्रेल,पुर्व अध्यष नरेश खपाङगी मगर,पुर्व वरिष्ठ उपाध्यक्ष तथा पत्रकार श्याम लुइटेल,साखाका पदाधिकारीहरु,सल्लाहकारहरु र सकृय सदस्यहरु लागायत युकेमा रहेर विभिन्न राष्ट्रिय,अन्तराष्ट्रिय तथा स्थानिय संचार माध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ