समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

तिहारकाे मुखमा ‘भाइ मसला’काे मूल्य बढ्याे

  शीतलपाटीन्युज डटकम | ४ कार्तिक २०७९, शुक्रबार १३:३८

काठमाडौं- तिहारमा अत्यधिक खपत हुने र’भाइ मसला’काे मूल्य तिहारको मुखैमा काठमाडाै‍ं उपत्यकालगायत देशका सबै ठाउँमा बढेको छ ।

तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गत वर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ । गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ ।

बदाम प्रतिकिलो १ हजार २५० रुपैयाँ देखी १ हजार ३५० रुपैयाँसम्म, किसमिस ५ रुपैयाँ प्रतिकिलोदेखि ६ सय रुपैयाँसम्म र नरिवल प्रतिकिलो ५५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।

सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२ सय रुपैयाँ घटेको छ । गत वर्षको तिहारमा प्रतिकिलो ४ हजार २ सय रुपैयाँसम्म पुगेको सुकुमेलको भाउ यसपाली प्रतिकिलो ३ हजार रुपैयाँमा काराेबार भएकाे छ ।

अंजीर प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र खुर्पानी प्रतिकिलो ७ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म पर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले बताए ।

अहिले डलरको भाउ बढेकाले भाइ मसलाका रूपमा प्रयोग हुने बस्तु आयात गर्दा डलरमै पैसा तिर्नुपर्ने हुँदा अहिले भाइ मसलाको भाउ बढेको व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ