समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

हाम्रा संस्कृति र परम्परा मलमास

  शीतलपाटीन्युज डटकम | ६ जेष्ठ २०८३, बुधबार १६:४२

शीतलपाटीन्युज डटकम।
रुपेश काफ्ले।
लण्डन। सजिला र कलनचल्तिको भाषामा हाम्रा संस्कृति र परम्परा बुझने कोसिस गरम हैत।

अधिक मास वा मलमास वा पुरुषोत्तम महिना जेठ ३ गतेदेखि असार १ गतेसम्म परेको छ। हिन्दु पात्रो अनुसार करिब प्रत्येक तीन वर्षमा अतिरिक्त दिनहरू ख्पटियए एउटा अतिरिक्त महिना हुन पुग्छ जसलाई “अधिक मास” भनिन्छ। “मास” भनेको महिना हो र “अधिक” भनेको बढी। यस महिनालाई शुभ कार्यका लागि उपयुक्त नमानिएकाले मल जस्तो मास भएको ले “मलमास” भन्ने गरिएको हो। पछि यस महिना केहि शुभ कार्य नहुने भएको ले भगवान् Vishnu ले take over  लिनु भएकोले यस महिनालाई आफ्नो नामसँग जोडेर “पुरुषोत्तम मास” बनाएको धार्मिक विश्वास पाइन्छ। जस्ले गर्दा भगवान Vishnu को अलि बढि चर्चा यस महिनामा हुने गर्दछ ।

यस महिनामा विवाह,व्रतबन्ध,गुन्युचोली जस्ता शुभ कार्य सामान्यतया नगर्नु राम्रो मानिन्छ। अत्यावश्यक परेमा जानकार वा ज्योतिषसँग तिथि हेरेर कम दोषयुक्त समय छानेर गर्न सकिन्छ। नयाँ पद बहाल हुने, हवन गर्ने.वा नयाँ ठूलो कामको सुरुवात पनि सकेसम्म नगर्न भनिएको छ।

कतैकतै विवाह भएको नयाँ जोडी सँगै बस्न नहुने भन्ने misconception पनि सुनिन्छ,तर मुख्य रूपमा family planning नगर्न सुझाइने परम्परा बढी सुनिन्छ। नियमित दाम्पत्य जीवनलाई पूर्ण रूपमा निषेध गरिएको स्पष्ट धार्मिक आधार भने धेरै ठाउँमा पाइँदैन।

त्यस्तै, यो पुरा भए यो गर्छु जस्लाई भाकल भनिन्छ सजिलै केहि नगरी पुरा भएमा भने पनि भाकल परिपुर्तिको लाई postponed गर्ने चलन छ। सप्ताह, पुराण वा नयाँ तीर्थयात्रा सुरु नगर्न भनिए पनि पहिलेदेखि गइरहेको तिर्थ यात्रा भने गर्न मिल्ने मान्यता छ।

तर दैनिक पूजा,बिहान बेलुकी धूप,दीप,अगरबत्ती बाल्ने,जप, पाठ, दान,भजन,कीर्तन जस्ता नियमित धार्मिक कार्य भने गर्न मिल्छ र अझ पुण्यदायी मानिन्छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ