समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

संयुक्ता श्रेष्ठले जितिन “ वेडिङ बुटिक अफ द इयर २०२६” अवार्ड

  शीतलपाटीन्युज डटकम | ८ जेष्ठ २०८३, शुक्रबार १०:१०

GNNNEWS
लन्डन – लन्डनमा विगत डेढ दशकदेखि पर्यावरण मैत्री उच्चस्तरीय फेशन प्रवर्द्धन गरिरहेकी नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठले ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ मा ‘वेडिङ बुटिक अफ द इयर’ अवार्ड जितेकी छन्।

गत मे १३ मा आयोजित अवार्ड समारोहमा श्रेष्ठको बुटिकलाई यस विधाको विजेता घोषणा गरिएको हो।

उनले तयार गरेको डिजाइन १६औं शताब्दीदेखिका १ लाखभन्दा बढी ऐतिहासिक सामग्रीहरू रहेको विश्वप्रसिद्ध ‘फेसन म्युजियम’ को संग्रहमा पनि सुरक्षित राखिएको छ।

ब्रान्ड स्थापना भएदेखि नै उनले हरेक वर्ष उद्योगका प्रतिष्ठित पुरस्कार र सम्मानहरू जित्दै आएकी छिन् । बेलायतको १० अर्ब पाउन्ड मूल्य बराबरको वेडिङ क्षेत्रमा यो अवार्डले एउटा ठूलो सांस्कृतिक र सांकेतिक महत्त्व राख्छ ।

विश्वभरका ठूला फेसन हाउसहरूले उत्पादन प्रक्रिया र पर्यावरणमा पुर्‍याउने असरलाई लिएर प्रश्न उठिरहेका बेला संयुक्ता श्रेष्ठको फ्ल्यागसिप बुटिकले ‘शून्य-फोहोर’, दिगो एवं परिष्कृत शैली र सामाजिक उत्तरदायित्वको सफल उदाहरण प्रस्तुत गरेको छ।

यस उपलब्धिका बारेमा बोल्दै क्रिएटिभ डाइरेक्टर संयुक्ता श्रेष्ठले आफ्नो सिर्जना र शिल्पलै निरन्तर सहयोग गर्ने समुदायप्रति आभार प्रकट गरिन्। उनले भनिन्, ‘म विचारले डिजाइनर र भावनाले कलाकार हुँ, तर एक बेहुलीको सपनालाई साकार रूप दिनु नै मेरो कलाको वास्तविक गन्तव्य हो। हाम्रो लन्डनस्थित बुटिक सधैँ सचेत र वातावरणमैत्री बेहुलीहरूका लागि एउटा सुरक्षित र भरपर्दो स्थान रहँदै आएको छ।’

विगत १५ वर्षदेखि आफ्नो ब्रान्ड दुलहीहरूको अटुट विश्वासका कारण फस्टाएको उनले बताइन्। ‘म यो सम्मान हाम्रा दुलहीहरू,मेरो समर्पित टोली, हाम्रा दक्ष महिला शिल्पीहरूका सीपयुक्त हातहरू र ‘विवेकशील सौन्दर्य’ को यस अभियानलाई सुरुदेखि नै साथ दिने दूरदर्शी पत्रकार तथा सम्पादकहरूमा समर्पित गर्न चाहन्छु। यो सफलता हाम्रो सामूहिक यात्राको एउटा साझा उत्सव हो,’उनले भनिन्।

यो सम्मान श्रेष्ठको हालै लन्डन फेशन विकमा प्रदर्शन भएको डकुमेन्ट्रीको निरन्तरता पनि हो,जसले उनको डिजाइन तयार पार्ने ९५ प्रतिशतभन्दा बढी दक्ष महिला शिल्पीहरूको मिहिनेत र उनीहरूले समाजमा पुर्‍याएको प्रत्यक्ष सकारात्मक प्रभावलाई उजागर गरेको थियो।

वातावरण मैत्री उत्पादन,परम्परागत सिपको संरक्षण,उचित ज्याला र महिला सशक्तीकरणलाई मुख्य प्राथमिकतामा राख्दै संयुक्ता श्रेष्ठको ब्रान्डले विश्वस्तरीय नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकै छानामुनि सफलतापूर्वक उतारेको छ।

“लन्डनको यो प्रिमियर बुटिक अवार्ड जितेर संयुक्ताले उच्च फेशनको नवप्रवर्तन र मानवीय सेवा प्रवाहलाई एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेकी छन्”,प्रेस विज्ञप्तिमा भनिएको छ।

Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ