शीतलपाटीन्युज डटकम।
अल्डरसट। तमु धीं यूकेद्वारा २४ मई २०२६ मा आयोजित २४ औँ गोर्खा कप २०२६ को मुख्य प्रतियोगिताको उपाधि राङभाङ समाज यूके फुटवल क्लवले ऐतिहासीक रुपमा जितेको छ। अल्डरसटस्थित क्विन्स एभिन्यू फुटवल मैदानमा सम्पन्न फाइनल खेलमा राङभाङ समाजले गुरुजी इलिट एफसीलाई २–० गोलले पराजित गर्दै नेपालीहरुको ओलम्पिक कै रुपमा प्रतिष्ठित गोर्खा कप जितेको हो।

अल्डरसटमा २० हजार दर्शकको उत्साहजनक सहभागिता रहेको सो फुटबल खेल अत्यन्तै मनोरन्जनात्मक थियो। प्रथम हुने राड्गभाड्ग फुटबल क्लबमा १५ खेलाडी रहेको र टीम क्याप्टेन साम गुरुड्ग रहनु भएको कुरा राड्गभाग्ड समाज युकेका अध्यक्ष,साहारा फुटवल क्लव युकेका पुर्व अध्यक्ष एवम साहारा क्लब युकेका अध्यक्ष सारदा गुरुड्गले शीतलपाटीन्युजलाई बताउनु भएको छ। हाम्रो राड्गभाड्ग फुटबल टीमले खेलेको सबै खेलमा गोल नखाई फाईनल खेलमा २-० ले जितेको र मेन अफ द म्याच नवाङ शेर्पा भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो।

झन्डै २० हजार नेपाली तथा स्थानीय दर्शक हुने फुटबल प्रतियोगितामा सामाजिक सद्भावका भेटघाट कार्यक्रम,व्यवसाय प्रवर्द्धनको केन्द्र,नेपाली खानाको इभेन्टस र आफन्त,नातेदार एवम साथीभाई भेट हुने थलो बनेको उक्त कार्यक्रम वर्षकै पहिलो अत्यधिक गर्मी तापक्रम करिब ३५ डिग्री सेल्सियससम्म भएको थियो।

प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर क्यालम स्टूवर्ट रहनु भएको सो कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा गोर्खा कप संयोजक क्याप्टेन दीपक घलेले मन्तव्य राख्नु भएको थियो।

९-ए-साइड ढाँचामा सम्पन्न प्रतियोगितामा मुख्यतर्फ ३९ टोली,भेट्रानतर्फ १६ टोली तथा महिला तर्फ २ टोली गरी जम्मा ५७ टोली सहभागी थिए। बिहान ९ बजेदेखि सुरु भएको खेलकुद कार्यक्रम साँझ ८ बजेसम्म सञ्चालन भएको थियो।

यसैगरी महिलातर्फ तामाङ समाज यूके एफसी विजेता तथा राउन्डबोल्ट एफसी रनरअप बनेका थिए। विजेता टोलीले ६०० पाउन्ड र रनरअप टोलीले ४०० पाउन्ड सहित ट्रफी प्राप्त गरेका थिए। महिलातर्फ ‘प्लेयर अफ द म्याच”शुक लमु तामाङले जितेकि थिईन।

गोर्खा कप संयोजक क्याप्टेन दीपक घलेको नेतृत्व,तमु धीं यूकेका सयौँ स्वयंसेवकहरूको सक्रियता,खेलाडीहरूको अनुशासन तथा दर्शकहरूको उत्साहपूर्ण सहभागिताले यस वर्षको गोर्खा कपलाई भव्य र अविस्मरणीय बनाएकोथियो।

नियमित र भेट्रान ५६ टीम बीच फुटबल प्रतिस्पर्धा रोमान्चक भएको थियो। नेपाली खानाका स्टल २० सहित अरु व्यवसाय र च्यारिटी गरी जम्मा १ सय २६ स्टलले समारोह भब्य देखिएको थियो।
प्रतिक्रिया