समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

ह्यारी भण्डरी अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स सदस्यका लागि चुनावी मैदानमा उत्रिए

  शीतलपाटीन्युज डटकम | २२ जेष्ठ २०८३, शुक्रबार ०५:२९

सुरेश कोईराला।
अमेरीका। ह्यारी भण्डरी अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। लामो समयदेखि सामाजिक अभियान र नेपाली समुदायमा सक्रिय भणडरी ले मेरिल्याण्डको डिष्ट्रिक्ट ८ –ए बाट डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वारी दिएका हुन्।

अघिल्लो महिनामात्र औपचारिक रूपमा उम्मेद्वारी दर्ता गराएका चापागाई अहिले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै स्थानीय समुदायबीच पुगिरहेका छन्। उनले आफ्नो उम्मेद्वारी केवल व्यक्तिगत महत्वाकांक्षा नभई अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्वको अवसर भएको बताएका छन् ।

मेरिल्याण्ड राज्यमा नेपालीसहित विभिन्न आप्रवासी समुदायको उल्लेख्य बसोबास रहेको छ। सन् २००४ देखि बाल्टिमोरमा बस्दै आएका भण्डरी नेपाली समुदायसँगै स्थानीय आप्रवासी समाजमा पनि परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्।

डेमोक्रेटिक पार्टीभित्र हुने प्राइमरी निर्वाचनमा भण्डरी सहित 🦼जुनियर प्रतिस्पर्धामा रहेका छन्। उक्त क्षेत्रमा दुई सिटका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

भण्डरी हाल सोही डिष्ट्रिक्टबाट मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। चार वर्षअघि सम्पन्न निर्वाचनमा उनले करिब ४ हजार १ सय मत प्राप्त गर्दै पार्टीको केन्द्रीय सदस्य पदमा विजय हासिल गरेका थिए।

आगामी नोभेम्बरमा हुने निर्वाचनअघि मेरिल्याण्डमा जुन २३ मा डेमोक्रेटिक प्राइमरी निर्वाचन हुँदैछ। प्राइमरीमा विजयी भएमा भण्डरी ले नोभेम्बरमा रिपब्लिकन उम्मेद्वारसँग अन्तिम प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ