समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा र पदस्थापन

  शीतलपाटीन्युज डटकम | २२ जेष्ठ २०८३, शुक्रबार ०६:२३

शीतलपाटीन्युज डटकम।
काठमाडौ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षकको सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ।

मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट,नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा दीपक अधिकारी तथा नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कृष्णराज पाठकको सरुवा भएको छ।

त्यसैगरी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्युरो,कृष्ण ढकाललाई कार्य विभाग,दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागको जिम्मेवारी तोकिएको छ।

यसैगरी गत वैशाख १२ गते डीआईजी पदमा बढुवा सिफारिस भएका नयाँ अधिकृतहरूको पनि पदस्थापन गरिएको छ। नयाँ पदस्थापन गरिएका डीआईजीहरूमध्ये निमित्त बाहिनीपतिका रूपमा कार्यरत दिग्विजय सुवेदीलाई सोही स्थान अर्थात् नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा पदस्थापन गरिएको छ।

अन्य नयाँ डीआईजीहरूमा किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र प्रवीण कँडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की पठाइएको छ।

त्यस्तै राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज,नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ।
(DC Nepal.com)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ