समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

१७ जना युवा “लन्डन टु पेरिस” च्यारिटी साइकल यात्रामा

  शीतलपाटीन्युज डटकम | २२ जेष्ठ २०८३, शुक्रबार १९:५२

GNNNEWS-
लन्डन- नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुका लागि सहयोग जुटाउन नेपाली साइक्लिङ क्लब यूके (एनसीसी यूके) ले “लन्डन टु पेरिस”च्यारिटी साइकलयात्रा सुरु गरेको छ।

शुक्रबार,५ जुनदेखि सुरु हुने उक्त यात्रामा क्लबका १७ जना सदस्यले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गर्नेछन्।

क्लबका अनुसार च्यारिटी साइकलयात्रा अभियानमार्फत ६ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृह “चिल्ड्रेन्स सेल्टर” लाई सहयोग गरिनेछ।

यात्रामा साइकलयात्रीहरूले उकालो,प्रतिकूल मौसम र शारीरिक थकानको सामना गर्दै लन्डनदेखि पेरिससम्मको यात्रा पूरा गर्ने अठोट व्यक्त गरेका छन्। उक्त बाल गृहमा रहेका २२ जना बालिकाको उज्ज्वल भविष्य निर्माणमा सघाउने उनीहरुको प्रतिवद्धता छ।

धुलिखेलस्थित बाल गृह सन् २०१४ देखि सञ्चालनमा छ, जहाँ ६ देखि १७ वर्ष उमेर समूहका २३ बालिकालाई सुरक्षित आवास, शिक्षा तथा संरक्षण प्रदान गरिँदै आएको छ। उनीहरुमध्ये धेरैलाई बालश्रम,मानव बेचबिखन तथा सडक जीवनबाट उद्धार गरिएको संस्थाले जनाएको छ।

संकलित रकम बालिकाहरुका लागि पौष्टिक भोजन,पूर्णकालीन शिक्षा,स्वास्थ्य सेवा,भावनात्मक सहयोग,सुरक्षित वातावरण तथा संगीत,कला,नृत्य र खेलकुद गतिविधिमा खर्च गरिने क्लबका एक संयोजक प्रसिद्ध प्रधानले जानकारी दिए।

च्यारिटी साइकलयात्राको संयोजन क्लबका सदस्य एवम् ट्याक्स प्लेटफर्मका निर्देशक रवि रिमालले गर्दैछन्। यात्रामा जलेन्द्र ताम्राकार,सुलभ पन्त,शिव सैंजु, ह्यारी गुरुङ,कौस्तुभ पौड्याल, समीर प्याकुरेल,आमोद प्रधान,हरिहर उपाध्याय,नारायण अधिकारी,अनमोल राणा,सुधीर बजिमाया,लक्ष्मण गुरुङ,निक टी,प्रगति ओझा,प्रसिद्ध प्रधान र सुधिर श्रेष्ठ सहभागी छन्।

क्लबले सबैलाई आर्थिक सहयोगमार्फत अभियानमा साथ दिन अपिल गरेको छ। ५ पाउण्ड सहयोगले एक दिनको भोजन र ५० पाउण्ड सहयोगले एक महिनाको शिक्षामा सहयोग पुग्ने हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले बताए।

च्यारिटी साइकलयात्रामार्फत् बालगृहमा आश्रित बालिकाहरुलाई सहयोग गर्न यो लिंकमा गएर सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।

https://www.justgiving.com/page/ncc-uk-3?utm_medium=FR&utm_source=FM

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ