समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

शुक्रबार शोक बिदा दिने स्थानीय सरकारको निर्णय

  शीतलपाटीन्युज डटकम | ४ असार २०८३, बिहीबार १०:५७

शीतलपाटीन्युज डटकम।
काभ्रे। काभ्रेको रोशी गाउँपालिकाले शुक्रबार (असार ५) शोक बिदा दिएको छ। गत वैशाख २९ गते सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा शुक्रबार शोक बिदा दिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा गत जेठ २९ गते खार्पाचोक हुँदै रोशी ६ को सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

‘यस शोकको घडीमा यही मिति २०८३ साल असार ५ गते शुक्रबारका दिन रोशी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,वडा कार्यालय,शैक्षिक संस्था,स्वास्थ्य संस्था लगायत मातहतका सम्पूर्ण कार्यालयहरुमा शोक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ,’अध्यक्ष लामाले जारी गरेको सूचनामा उल्लेख छ ।

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगतआत्माको चीरशान्तिको कामना गरेको रोशी गाउँपालिकाले शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थनाका साथ गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
(सुत्र न्युजबाट)

शोक बिदासम्बन्ध रोशी गाउँपालिकाले जारी गरेको सूचना- बिदासम्बन्ध रोशी गाउँपालिकाले जारी गरेको सूचना-

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ