समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

प्रहरी सेवाका अब्बल लिडर भुपु डिआईजिपी ज्ञानेन्द्र महत

  शीतलपाटीन्युज डटकम | ५ असार २०८३, शुक्रबार १९:१५

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ।
नेपाल प्रहरी संगठनको इतिहास तर्फ फर्केर हेर्ने हो भने त्यहाँ विभिन्न विधामा अब्बल स्मरणीय पात्रहरुको चर्चा हुने गर्छ। फिल्ड अप्रसेनमा कोहि? इमानदारितामा कोहि,मातहतकाहरुको प्रभावकारी परिचालनमा कोहि तर समग्र विधामै अब्बलहरुको चर्चा हुँदा आज पनि पहिलो नाम कसैको लिइन्छ भने पुर्व डिआइजी श्रद्धय ज्ञानेन्द्र विक्रम महत कै लिने गरिन्छ।

उहाँको त्यही विशिष्ठताकै कारण आम रुपमा उहाँलाइ नेपाल प्रहरीको आइजीपी हुने स्वाभाविक हकदार मानिने गरेको भए पनि तत्कालिन समयमा परेको राजनीतिक प्रभावले गर्दा उहाँले पदावधिको कारण तिस बर्ष समेत नपुग्दै अवकाश पाउनु भयो र देशले एक अब्बल मानिसको नेतृत्वमा प्रहरी संगठन चलेको देख्न पाएन। खैर जे होस।

प्रहरीको सेवा पछि पनि वहाँले आफ्नो योग्यता क्षमता र सम्पर्कको माध्यमबाट प्रहरी संगठन र नेपाल राज्यलाइ फरक हिसाबले सेवा गर्दै आउनु भएको छ।

उहाँले हाम्रो मातृभुमि नेपाललाइ पुर्याउनु भएको योगदानको सदैव सम्मान गर्छु र त्यसप्रति आभारी छु तर आज भने उहाँले गर्नु भएको राष्ट्रिय योगदानको सम्झना र त्यसप्रति सम्मानको अलावा अप्ठ्यारो र दुखको समयमा सदैव सहयोग गर्न तत्पर रहने उहाँको अभिभावकत्व प्रति सबै आभारी छन। सहज र सुखमा खासै नदेखिने नभेटिने तर दुख र अप्ठेरोमा अपेक्षा भन्दा ज्यादा सानिध्यता र साथ दिने वहाँको स्वभाव एकदम प्रेरणादायी र अनुकरणीय छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ