समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, एक जना गम्भीर घाइते

  शीतलपाटीन्युज डटकम | ९ असार २०८३, मंगलवार ०५:१७

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार राति करिब ११ः२० बजे हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचभागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको छ। टाउको र छातीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका–९ घर भई हाल काठमाडौंको मुलपानी बस्दै आएकी १७ वर्षीया रबिना ढुङ्गेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
(प्रकास अधिकारीको फेसबुक वालबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ