समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर २३ देखि हुनेछ पोखरा – दुबई अन्तर्राष्ट्रिय उडान,फ्लाई दुबईले नियमित उडान भर्ने

  शीतलपाटीन्युज डटकम | १६ असार २०८३, मंगलवार ०९:००

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडानको तयारीमा रहेको विश्वको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबईले टिकट बुकिङ खुला गरेको छ । सेप्टेम्बर २३, २०२६ का लागि दुबई पोखराका लागि उडान FZ1165 र पोखरा दुबई उडानका लागि FZ1166 मा टिकट बुकिङ खुला गरेको हो।

दुबई पोखरा उडानका लागि बिजनेस क्लासमा ५ हजार दिराम र इकोनोमी क्लासमा १९०० दिराम तथा पोखरा दुबई उडानको बिजनेस क्लासमा १ लाख ९० हजार र इकोनोमी क्लासमा ९१ हजार नेपाली रुपैयाँको टिकट पर्नेछ। दुबई पोखराको उडान ४ घण्टा ३० मिनेटको हुनेछ भने,पोखरा दुबईको उडान भने ५ घण्टा ३० मिनेटको हुनेछ।

“२३ सेप्टेम्बरदेखि हामीले दुबई इन्टरनेशनलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान सञ्चालन गर्दैछौं। हामी संयुक्त अरब इमिरेट्सबाट यो नयाँ मार्गमा सेवा गर्ने पहिलो वाहक हुनेछौँ, जसले तपाईँलाई हिमालयको भूमिमा दोस्रो ठुलो शहर नेपालको पर्यटन राजधानीमा पहुँच प्रदान गर्दछ। तपाईँको अर्को साहसिक कार्यका लागि flydubai.com मा आफ्नो उडान बुक गर्नुहोस्।” फ्लाई दुबईको फेसबुक पेजमा साझा गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिरहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खुसी व्यक्त गरेका छन्।“औपचारिक रूपमा पोखरा दुबई उडान समय तालिका सार्वजनिक भई बुकिङ खुला भएको छ। अब पोखराबाट दुबई र दुबईबाट पोखरासम्मको प्रत्यक्ष उडानका लागि बुकिङ सुरु भएको छ,उनले भनेका छन्,पोखरालाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग जोड्ने यस महत्त्वपूर्ण उपलब्धिका लागि सम्पूर्ण पोखरेली,सरोकारवाला निकाय तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”

यसले पोखरालाई दिगो रूपमा विश्व बजारसँग जोड्न महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास लिएका छन्।
(हिमाली आवाज डटकमबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ