समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

वंशजको नागरिकताको निरन्तरतामा “क्रान्तिकारी निर्णय”आउँदैछ: असिम शाह

  शीतलपाटीन्युज डटकम | १७ असार २०८३, बुधबार १२:५५

शीतलपाटीन्युज डटकम।
लण्डन। प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले वंशजको आधारमा प्राप्त नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकारले छिट्टै ‘क्रान्तिकारी निर्णय’ गर्ने संकेत दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभागको पहलमा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै शाहले प्रवासी नेपालीका दीर्घकालीन माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे। उक्त जानकारी विभागको बेलायत शाखाका अध्यक्ष पवन शर्माले दिएका हुन्।

भेटमा सहभागी टोलीले विदेशी नागरिकता वा पासपोर्ट लिएका पहिलो पुस्ताका नेपालीलाई वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा स्पष्ट धारणा र ठोस सुझाव प्रस्तुत गरेको थियो। साथै,संविधान संशोधनका लागि बुझाइएको प्रस्तावमा पनि यही व्यवस्था समेट्न जोड दिइएको शर्माले बताए।

प्रतिक्रियामा सल्लाहकार शाहले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै “यो विषयमा क्रान्तिकारी निर्णय आउँछ” भन्ने आत्मविश्वासपूर्ण आश्वासन दिएका थिए। संविधान संशोधनमार्फत यो मुद्दा समाधान हुनेमा आफूहरू आशावादी रहेको शर्माको भनाइ छ।

यो व्यवस्था कार्यान्वयनमा आएमा विदेशमा रहेका लाखौँ नेपालीको वर्षौंदेखिको अपेक्षा पूरा हुने मात्र होइन, नेपालमा लगानी, ज्ञान, सीप र अनुभवको प्रवाह तीव्र भई आर्थिक विकासका नयाँ सम्भावनाका ढोका खुल्ने विश्वास प्रवासी नेपालीहरूले व्यक्त गरेका छन्।
नेपाल ब्रिटेन डटकम।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ