समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

८ एआईजीको सरुवा,सीआईबीमा चतुर्वेदी,डा मनोज केशी अपराध अनुसन्धान बिभाग नक्सालमा

  शीतलपाटीन्युज डटकम | १८ असार २०८३, बिहीबार १७:४४

शीतलपाटीन्युज डटकम।

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ एआईजी सरुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकलले एआईजीहरुको सरुवा गरेको हो।
सरुवा सूची अनुसार एआईजी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को जिम्मेवारी दिइएको छ।

सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका एआईजी डा.मनोजकुमार केसीलाई भने हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

त्यसैगरी काठमाडौं उपत्यका कार्यालय प्रमुखमा, एआईजी सुशीलासिंह राठौर सरुवा भएका छन् भने त्यहाँका प्रमुख एआईजी ईश्वर कार्की हेडक्वार्टरको मानवस्रोत विभाग सरुवा भएका छन्।

हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी सिद्धविक्रम शाह हेडक्वार्टरको अपरेशन विभाग सरुवा भएका छन् भने प्रतिष्ठानमा एआईजी राजन अधिकारीलाई सरुवा गरिएको छ।
अनलाईन नेपालबाट साभार।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ