समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

नेपाली जनसम्पर्क समिति अमेरिकाको विगत १२ वर्षदेखि हुन नसकेको अधिवेशन आगामी अगस्ट १४ देखि १६ सम्म अमेरिकाको डी.सी.मेट्रो क्षेत्रमा हुने

  शीतलपाटीन्युज डटकम | २२ असार २०८३, सोमबार ०५:३२

सुरेश कोईराला,
वाल्मोटीमोर। नेपाली जनसम्पर्क समिति अमेरिकाको विगत १२ वर्षदेखि हुन नसकेको अधिवेशन आगामी अगस्ट १४ देखि १६ सम्म अमेरिकाको डी.सी.मेट्रो क्षेत्रमा हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन तथा विधानअनुसार लामो समयदेखि रोकिएको अधिवेशन सम्पन्न गर्न विभिन्न राज्य तथा च्याप्टरसँग परामर्शपछि अधिवेशन तयारी समितिले मिति र स्थान तय गरेको अधिवेशन तयारी समितिका संयोजक धनञ्जय नरसिंह के.सी.ले अधिवेशनले सङ्गठनलाई थप सुदृढ, लोकतान्त्रिक र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै सदस्य, प्रतिनिधि तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैलाई सक्रिय सहभागिताका साथ अधिवेशन सफल बनाउन आग्रह गरेका छन्।

समितिका मिडिया प्रमुख रामजीवी पन्थका अनुसार अधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउन भक्त थापाको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति तथा विनोद भट्टको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। आर्थिक, प्रचार–प्रसार,व्यवस्थापन,स्वयंसेवक र सांस्कृतिकलगायत विभिन्न उपसमितिले पनि तयारीलाई तीव्र बनाएका छन्।

पन्थले १२ वर्षपछि हुन लागेको अधिवेशनले विगतका तिक्तता अन्त्य गर्दै सङ्गठनमा वृहत् एकताको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार अधिकांश च्याप्टरको अधिवेशन सम्पन्न भइसकेको छ भने केन्द्रीय अधिवेशनको सम्पूर्ण तयारी निर्धारित समयभित्र पूरा गरिनेछ।

साथै महासचिव अनुरूप खनाल र सभापति गौतम दहालको नेतृत्वको चर्चा छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ