समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

ओलीबाट ‘मेमोरी किङ’ अर्पणले लिए  विश्व रेकर्डकाे प्रमाणपत्र

  शीतलपाटीन्युज डटकम | ६ कार्तिक २०७९, आईतवार १७:५५

काठमाडौँ- ‘मेमोरी किङ’ले चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन् ।

यसअघि सन् २०१५ मा शर्माले १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्र नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने वाचा गर्दछु,’ उनी बताउँछन् ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ