काेहलपुर- काेहलपुर नगरपालिकामा प्रेस संयाेजक चयन विषय विवादित बनेको छ ।
काेहलपुर क्षेत्रमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरूलाई उपेक्षा गर्दै कोहलपुरबाहिर कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका एक पत्रकारलाई प्रेस संयाेजक चयन गरेको भन्दै आपत्ति जनाइएको हो ।
पत्रकार श्रीधर सुवेदीले सामाजिक सञ्जालमार्फत् यो विषयमा असहमति प्रकट गरेका छन् ।
टिकटकमा जारी भिडियोमा उनले नगर प्रमुख पूर्णप्रसाद आचार्यकाे व्यापक आलाेचना पनि गरेका छन् ।
उनले भनेका छन्, `काेहलपुरकाे विकासमा महत्त्वपूर्ण याेगदान गरिरहेका स्थानीय सञ्चारकर्मी, पत्रकारलाई उपेक्षा गर्दै नेपालगञ्जकाे एक सञ्चार गृहमा कार्यरत पत्रकार प्रियास्मृति ढकाललाई प्रेस संयाेजक चयन गर्ने निर्णय गलत छ ।´ https://vt.tiktok.com/ZSRnVPm29/
प्रतिक्रिया