काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजोको तुलनामा सुन आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
त्यसै गरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया