२७ असोज, काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
यो दिन बजार मापन गर्ने सूचक ४.१५ अंकले बढेर परिसूचक १८७०.६३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ३६७.१४ बिन्दुमा रोकिएको छ ।
२२२ कम्पनीको २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार ९ सय २० रुपैयाँमा किनबेच भएको छ ।
बजारमा सामान्य सुधार आउँदा बैंकिङ समूहको उपसूचक ०.९४, विकास बैंक ३४.०१, फाइनान्स १४.०२, निर्जीबन बीमा ३२.६१, माइक्रोफाइनान्स ३.७१, जीवन बीमा समूहको उपसूचक १५.२३ अंकले बढेको छ भने जलविद्युत समूहको उपसूचक २.३५ अंकले घटेको छ ।
अभियान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लागेको छ । यस्तै, रु रु जलविद्युत कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, शिवम सिमेन्ट लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्ड–२, एभरेष्ट बैंकको ऋणपत्र, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, ग्लोबल आइएमई समुन्नत स्किम–१, गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया