समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

  शीतलपाटीन्युज डटकम | १९ भाद्र २०८३, शुक्रबार १२:१०

शीतलपाटीन्युज डटकम।
लन्डन। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परेर ज्यान गुमाएका तथा प्रभावित परिवारको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम भएको छ।


गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको संयुक्त आयोजनामा मंगलबार साँझ अल्डरसटस्थित प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भीसी मेमोरियल) मा कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपसभामुख तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर सहभागी थिइन्। उनीसहित कार्यक्रममा सहभागी वक्ताहरूले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरे।

उनले सरकारले बाढी प्रभावितहरुको उद्धार,राहात र पुनस्र्थापनाका लागि आवश्यक पहल गरिरहेको पनि बताइन् । जलवायु परिर्वनले नेपालमा परिरहेको असर नेपालको मात्र समस्या नभएको भन्दै विश्व समुदाय नै गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिइन्।


एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बाढीपहिरोबाट प्रभावित नेपालीहरूलाई यथासक्य सहयोग गर्न बेलायतमा रहेका नेपाली समुदायलाई आग्रह गरे। उनले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरे ।


अध्यक्ष गाहा मगरले राहत वितरणका लागि आफूहरू प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिँदै आवश्यक सहयोग संकलन भइरहेको पनि बताए। संकलित सहयोगलाई प्रभावित क्षेत्रमा पुर्‍याएर पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ थियो ।

महाभूकम्प र कोभिड महामारीका बेला अर्बौं पैसा उठेपनि सही सदुपयोग नभएको,पीडितसमक्ष समयमै नपुगेको र संकलित चन्दामा धेरै घोटाला भएको पाइएको स्मरण गर्दै गाहामगरले एनआरएनए यूकेले त्यसलाई रोक्न यसपटक वाचडगको रुपमा काम गर्ने समेत बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्ला वर्षहरूमा नेपालमा बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरप्रति गम्भीर भएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। विपद् न्यूनीकरणका लागि पूर्वतयारी,सुरक्षित बस्ती विकास तथा वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूकेका प्रमुख सल्लाहकार डा भीम पुन,एनआरएन यूकेका CHIEF ADVISOR RAJ KUMAR TRIPATHI, एनआरएनए यूके सल्लाहकारहरू लगायत बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुको सहभागिता थियो। उक्त कार्यक्रमको सञ्चालन एनआरएनए यूके महासचिव जुरेन्द्र खजुमले गरेका थिए।

कार्यक्रममा सहभागीहरूले बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै,विपद्बाट प्रभावित परिवारको राहत,उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न नेपाली समुदायलाई आह्वान गरिएको थियो ।

एनआरएनए यूके,जीआरएनसी यूके लगायत विभिन्न संघ सस्थाले सक्दो छिटो सहयोग संकलन गरी प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र पुनर्निर्माणमा आवश्यक सहयोगका लागि पनि प्रवासी नेपाली समुदाय एकताबद्ध रहने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा स्थानीय अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर आफू सहभागी हुन नसकेपनि उनले पठाएको शोक सन्देश पढेर सुनाइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ