समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

महापुरूषको ‘पर्खाल ’ गीत सार्वजनिक

  शीतलपाटीन्युज डटकम | २२ कार्तिक २०७९, मंगलवार १२:३९

काठमाडौं- प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रित छ । उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ ।

गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द छ ।

गीतले एक्लोपनमा रहेका हरिवंशको अव्यक्त इच्छा र चाहनालाई समेटेको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराई बताए । ‘हरि दाइको फेरिँदो समय र व्यक्त नगरिएका चाहनालाई उहाँको अनुहारमा देख्न सकिन्छ । गीतलाई थियटरमा नाटक मञ्चन भइरहेको सन्दर्भमा जोडिएको छ’, निर्देशक भट्टराईले भने । फिल्ममा यही गीतबाट ट्विस्ट सुरु हुन्छ । गायक कोइरालाले गीतले फिल्मको कथासारलाई व्यक्त गर्ने बताए ।

फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्म हेर्ने दर्शकले ‘मास्टरपिस’ भनेका छन् । यसैले गर्दा फिल्मको व्यापार पहिलो साताभन्दा दोस्रो साता बढ्दो छ । साथै दिउँसोदेखि साँझसम्मका प्रायः शो लगभग हाउसफूल भइरहेका छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ