समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय

  शीतलपाटीन्युज डटकम | २३ कार्तिक २०७९, बुधबार १७:४२

काठमाडौं- गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अञ्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ ।

सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना,  नवीन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ ।

मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक श्रोताको मन जितिसकेका चर्चा चलेका बेला रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाइ दिने अञ्जनाको विश्वास छ ।

यसअघि अञ्जनाले  समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।

गीतकाे भिडियाे लिंक : 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ