समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

रोहित राष्ट्रिय टोलीको कप्तान नियुक्त

  शीतलपाटीन्युज डटकम | २५ कार्तिक २०७९, शुक्रबार २१:५२

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको छ । क्यानले शुक्रबार रोहितलाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त गरेको हो ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा मुद्दा चलिरहेको अवस्थामा रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो । रोहितले नेपालका लागि २५ एक दिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् । रोहितको एक दिवसीय क्रिकेटमा एक शतक र पाँच अर्धशतक छ ।

त्यस्तै २१ एक दिवसीय खेल खेल्दै ३७६ रन बनाएका छन् । त्यस्तै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक अर्धशतक बनाएका छन् । लिस्ट ए मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ