काठमाडौँ- एमाले-माओवादी नेतृत्वको सत्ता गठबन्धनको बैठक बानेश्वरमा सुरु भएको छ। सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो।
प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपरान्ह ४ बजे शपथ लिँदैछन्। बैठकमा पहिलो चरणमा क-कसलाई सरकारमा पठाउने भन्नेबारे अहिले छलफल भइरहेको छ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टी अध्यक्ष सीके राउतलगायतको सहभागिता छ।
प्रतिक्रिया