काठमाडौं- राष्ट्रिय युवा संध नेपालको आयोजनामा भोलि देखि प्रारम्भ हुन लागेको केपी ओली कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको पत्रकार सम्मेलन तथा जर्सी सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा आयोजना हुन लागेको यस प्रतियोगितामा आठ राष्ट्रिय क्लबको सहभागिता रहने छ।

यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने क्लबले दश लाख र दोस्रो स्थान हासिल गर्ने क्लबले पाँच लाख प्राप्त गर्ने छ।साथसाथै उत्कृष्ट खेलाडीले र उत्कृष्ट गोलकिपरले एक लाख प्राप्त गर्ने छ।

प्रतिक्रिया