समाचार
|बर्न्टओक नेपाली समाजले भव्य रुपमा मनायो बडा दशैं|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग

लिभरपुलविरुद्ध सिटीको शानदार जीत

  शीतलपाटीन्युज डटकम | १८ चैत्र २०७९, शनिबार २०:१५

म्यानचेस्टर– म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । जीतसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ ।

यो सिजन ४२ गोल गरिसकेका स्टार स्ट्राइकर अर्लिङ हालान्डबिना मैदानमा उत्रेको सिटी खेलको १७ औँ मिनेटमा मोहमद शालाहको गोलमा पछि परेको थियो । सिटीविरुद्ध १८ खेलमा उनको यो ११ औँ गोल थियो । तर, जुलियन अल्भारेजले खेलको २७ औँ मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवातमा नै केभिन डि ब्रुयनाले सिटीलाई अग्रता दिलाए । लगत्तै इल्के गुन्डोगानले सिटीको अग्रता फराकिलो बनाए । खेलको ७४ औँ मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । २८ खेलबाट सिटीको ६४ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलको ६९ अङ्क छ । लिभरपुल भने ४२ अङ्कसहित छैटौँ स्थानमा सीमित रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ